प्रकाशित मिति : सोमवार, जेष्ठ १५, २०७४
यदि तपाईं पनि आफ्नो पूजा घरमा धेरैजसो धुपबत्तीको प्रयोग गर्नुहुन्छ भने यो खबर तपाईंको लागि हो । सायद तपाईंलाई थाहा होला कि भगवानलाई खुसी गर्नका लागि बालिने यी अगरबत्ती हाम्रो स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ ।
धुपबत्तीले सासको संक्रमण हुने गर्दछः
केही समय अघि गरिएको एक शोधमा घरभित्र बालिने धुपबत्ती स्वास्थ्यको दृष्टिकोणले निकै फाइदा हुने बताएको छ । धुप बाल्दा हावामा कार्बोन मोनोअक्साइड फैलने गर्दछ । जसका कारण फोक्सो सुन्निने र साससम्बन्धि विभिन्न समस्या निम्तिने गर्दछ । यो धुँवा धुम्रपानका बेला फोक्सोमा जाने धुँवा जस्तै हुन्छ ।
छालाकोृ एलर्जीः
लामो समयसम्म धुपको उपयोग गर्दा आँखा र छालाको एलर्जी हुने गर्दछ । धुप बाल्दा यसबाट निस्कने धुँवाले आँखामा जलन पैदा हुन्छ भने संवेदनशील छाला भएका मानिसहरु जब यो धुँवाको सम्पर्कमा आउँछन् तब उनीहरुलाई चिलाएको जस्तो महसुस हुन थाल्छ ।
मस्तिष्कको रोगः
नियमित रुपमा अगरबत्तप्ीको प्रयोग गर्दा टाउको दुख्ने, ध्यान केन्द्रित गर्न समस्या हुनु र विस्मृत आदि थुप्रै समस्या हुनसक्छ ।
मुटुमा क्षतीः
धुपको धुँवाले मुटुमा समेत क्षती पुर्याउँछ । लामो समयसम्म धुपको उपयोग गर्दा मुटुरोगबाट हुने मृत्युदर १० देखि १२ प्रतिशतसम्म बढ्ने गर्दछ ।
घाँटीको क्यान्सरः
धुपको उपयोग गर्दा घाँटीको क्यान्सर पनि हुनसक्छ । धुपको धुँवा माथिल्लो सास नलीको क्यान्सरको जिम्मेवार हुनसक्छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij