प्रकाशित मिति : मङ्लबार, जेष्ठ १६, २०७४
भद्रपुर ।भद्रपुर नगरपालिका–३ आमगाछीबाट प्रहरीले एक हजार ४०० किलो काँचो सुपारी बरामद गरेको छ ।
भन्सार छलेर ल्याइएको उक्त सुपारी वडा प्रहरी कार्यालय भद्रपुर र महेशपुर प्रहरी चौकीको संयुक्त टोलीले बरामद गरेको हो ।
मे१ज १३३० नंको गाडीबाट सुपारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिए । प्रहरीले गाडीचालक मेचीनगर नगरपालिका– ६ का खोतु राजवंशीलाई इटहरीस्थित राजस्व अनुसन्धान क्षेत्रीय कार्यालय पठाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij