प्रकाशित मिति : बुधबार, जेष्ठ १७, २०७४
गोविन्द खड्का, दाङ । घोराही, १० जेष्ठ ‘महिला भएकाले हामिलाई पनि समस्या पर्छ’ मध्यपश्चिम क्षेत्रीय प्रहरी आवासिय माध्यामिक विद्यालय गुलरीया घोराहीका शिक्षीका संयोजक दुर्गा आचार्य न्यौपानेले भन्नुभयो, ‘आफ्ना लागि ल्याएका प्याडहरु पनि छात्रालाई दिन्छौ ।’ उहाले बोलीरहदा अनुहारमा वास्तविकता झल्कीन्थ्यो ।
चार पा“च महिना अघि देखि महिनावारीका समयमा प्याड दिने चलन चलेको विद्यालयले जनाएको छ । छात्रा शौचालय छुट्टै छ । शिक्षिकाको शौचालय पनि फरक छ । करिव एक सय पचास बढि छात्राहरु महिनावारी हुने उमेरका छन् । उनिहरुलाई प्रयोग भएको प्याड फाल्नको लागि बाल्टीको व्यवस्था गरिएको लेवल कोर्डिनेटर न्यौपानेले जानकारी दिनुभयो । बाल्टीन भने खुला छ ।
दराजमा राखिएको प्याड देखाउदै कोर्डिनेटर न्यौपानेले अत्याधिक पेट दुखेपछि अभिवावक बोलाएर घर पठाउने र सामान्यलाई प्याड दिएने गरेको जानकारी दिनुभयो । कोर्डिनेटर न्यौपानेका अनुसार प्याड नपाएकै कारणले कुनै पनि छात्राको पढाई प्रभावित भएको छैन ।
महिनावारी पहिलो पटक हुनेले पनि असहजता महशुस गर्दैनन् । आवासिय विद्यालय भएकाले छात्रालाई छात्रा बासमा गएर रेष्ट गर्ने व्यवस्था छ । कार्यालयबाट प्याड ल्याई शौचालयमा फेर्छन् ।
‘लाज मान्दैनन् म हुने आउछन् लैजान्छन्’ कोर्डिनेटर न्यौपानेले भन्नुभयो, ‘मेडम भन्न आएपछि समस्या परेको थाह पाईहाल्छु ।’ उहाको भनाईले सबै छात्राहरुमा लाज पुर्ण रुपमा नहटेको पुष्टि गर्दथ्यो । गेटमा प्रहरीको पहरा हुन्छ । सबै निजि विद्यालयमा हुने कडा निगरानी बर्दि सहितका प्रहरीका कारण त्यहा“ अलि बढि मानिन्छ ।
बच्चाहरुलाई ठिक गर्न नसकिएपछि कडा अनुशासनका लागि प्रहरी वोर्डिङमा पठाउने चलन छ । भित्र पसेकालाई जथाभावि बरालीने कल्पना गर्न सकिन्न । त्यसैले पनि विद्यालय प्रशासनले सबै सुविधा भित्रै दिनु अनिवार्य छ ।
आफ्नो श्रोत बाटै व्यवस्थापन गरेको विद्यालयले जानकारी दिएको छ । त्यस संगै विद्यार्थीले तिर्ने गयल फिसको रकम प्याड किन्नमा लगानी गरीएको छ । त्यसमा शिक्षिकाहरुले पनि लगानी गरेको कोर्डिनेटर न्योपानेले जानकारी दिनुभयो ।
विद्यार्थी संग छलफल नगरीएकाले स्वतन्त्र पुष्टिहुन भने सकेको छैन । जसरी पनि विद्यालयले प्याडको व्यवसथा गरेकाले छात्राको पढाईमा असर पर्ननदिनु स्रहानीय पक्ष हो ।
महिनावारी कति सजिलो छ भनेर सोधिएको प्रश्नमा न्यौपानेले ‘लाज मान्छन् । महिलाहरुले लाजमान्ने गहना नै हो । यसकै कारणले कुनै पनि छात्राले विद्यालयमा अनुपस्थित हुनु पर्दैन ।’ भनेर जवाफ दिनुभयो । नजिकै बसेका अर्का शिक्षकले, ‘अहिले त केहि अफ्ठेरो मान्दैनन्’ भनेर न्यौपानेका कुरालाई मद्धत गर्नुहुन्थ्यो ।
प्रयोग भएका प्याड खुला वाल्टिनमा जम्मा गर्ने चलन भने सरसफाइका लागि बाधक देखिएको छ । दिनभरी जम्मा भएको प्याड विद्यालयका सहयोगीले दैनिक जलाएर नष्ट गर्छन् । एक सय बढिको संख्यामा रहेका महिलाहरु बाट दैनिक एउटा मात्रै प्याड फालिन्छ भन्ने होईन ।
आवासिय विद्यालय भएकाले बिहानी राती जसबेला पनि प्याड लगेर वाल्टीमा हाल्न सक्छन् । महिला प्रहरीहरुले पनि डियुटिमा खटिएको बेलामा पस्न सक्छन् । दुईतिन जनाको प्याड त्यसरी एउटै भाडामा र खुला राख्दा त्यस बाट फोहर अबस्य आउ“छ ।
घण्टौ रहदा रगत जमेर, सडेर, दुर्गन्ध फैलिन सक्छ । शौचालयमा देख्नेलाई मानसीक असर पर्न बेर हुन्न । उनिहरुमा वाक वाकी आउने, घिन लागेर शौचालयमा नपस्ने, शौचालय जानुका दुखले पानी कम प्युने खतरा रहन सक्छ ।
त्यसका लागि विद्यालय महिनावारी स्वच्छता व्यवस्थापन कार्यक्रम लागु गर्न जरुरी छ ।
त्यसका लागि शौचालय भित्र बाट पछाडि तिर प्याड खसाल्ने सानो प्वाल भित्तामा बनाउनु पर्छ ।
त्यो खस्ने ठाउमा ईन्सिनेटर राख्नुपर्छ । त्यसैमा जलाएर नष्ट पारे प्रयोग भएको प्याड कसैले उठाउने त के देख्नु समेत पर्दैन । छोईछिटो गरीने प्याड कुनै पनि विद्यालयले खुला बाल्टिमा संकलन गर्नु गलत हो ।
नष्ट गर्ने नया तरीका थाह नभएकाले बाल्टीमा जम्मा गरीएको न्यौपानेले बाउनुभयो । अहिले विकसीत भएको ईन्सिनेटर बनाउन आफुले कुरा अगाडि बढाउने जानकारी दिनुभयो । त्यसले सबैलाई सजिलो हुने कोर्डिनेटर न्यौपानेको भनाई छ ।
नेपाल रेडक्रस सोसाईटि दाङका वास संयोजक बिश्राम अधिकारीका अनुसार वास सम्वन्धि सामाजिक परिचालकहरुबाट सहयोग लिन सकिन्छ । उनिहरुले आवश्यक तालिम तथा मिस्त्री दिन्छन् ।
प्रशिक्षक प्रशिक्षण तालिम प्राप्त खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङका तिल बहादुर केसिका अनुसार अलकत्राको ड्रम, टिन, ईटा आदिको प्रयोग बाट ईन्सीनेटर बनाउन सकिन्छ । चार पाच हजार खर्चमा एउटा विद्याललाई धान्ने ईन्सिनेटर बन्छ ।
त्यसले विद्यालयको स्च्छतामा ठुलो भुमिका निभाउछ । प्याड दिने व्यवस्था भएको, ट्यांकर बाट भएपनि खानेपानी सुविधा दिएको विद्यालयका प्रिन्सीपल कृष्णअर्जुन शाहले जानकारीदिनुभयो । सरसफाईका लागि एउटा भंगिको दरबन्दि सिर्जना गरी नियमितता दिएको उहाको भनाई छ ।
थप आवश्यकताका लागि नया“ संरचना बनाउनुपरे लफल गरेर अघि बढिने शाहको भनाई छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij