प्रकाशित मिति : बिहिबार, जेष्ठ १८, २०७४
विराटनगर – हिन्दू स्वयंसेवक संघ नेपालको २१ दिने संघ शिक्षा वर्ग प्रथम वर्षको उद्घाटन भएको छ ।
अन्तर्राष्ट्रिय बौद्ध महासंघ, नेपाल शाखाका अध्यक्ष फुपु छेम्बे शेर्पा ‘थुप्तेन जिग्दोल’ले संघ शिक्षा वर्ग प्रथम वर्षको उद्घाटन गरेका हुन् ।
के हुन्छ संघ शिक्षा वर्गमा ?

-विराटनगरमा आयोजित वर्गमा आएका प्रशिक्षार्थीले २० दिन ज्ञान (तालिम) हाँसील गर्नेछन् ।
-दैनिक रुपमा शारीरिक, बौद्धिक कार्यक्रमका माध्यमबाट संस्कार, संस्कृति, समाज र स्वदेश भक्तिको शिक्षा प्राप्त गर्नेछन् ।
-आफ्नो व्यक्तित्व विकास गर्दै कसरी विकास यात्रालाई समाजसँग जोड्ने भन्ने विषयमा साधना एवं चिन्तनद्धारा शिक्षा दिइनेछ ।
-२० दिनको नियमित कार्यक्रम बिहान ५ बजे जागरणसँग सुरुवात गरिनेछ ।
-र राती १० बजे विश्रामका लागि दीप निर्वाण गरिन्छ ।
शिक्षा तथा ज्ञान प्राप्त गर्ने उदेश्यले देशका विभिन्न जिल्लाबाट प्रशिक्षार्थीहरु विराटनगर आएका छन् ।

सामूहिकता, समरसता, सहकार्य जस्ता गुणको अभ्यास खेल, भोजन, गीत, योगाभ्यास जस्ता माध्यमबाट सिकाइ हुने हुँदा यो आफैंमा एउटा विशिष्ट प्रकारको वर्ग हुने आयोजक हिन्दू स्वयंसेवक संघ नेपालले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij