आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

निर्वाचन सुरक्षामा गम्भीर रुपमा खटिन प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

  • प्रकाशित मिति : शुक्रबार, जेष्ठ १९, २०७४



  • प्रधानमन्त्री पुष्पकमल दाहालले दोस्रो चरणको स्थानीय निर्वाचनको सुरक्षामा चुक नहुने गरी काममा खट्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् ।

    राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा प्रहरी निरीक्षक आधारभूत तालिम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले पहिलो चरणको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गरेकामा सबै सुरक्षा निकायको प्रशंसासमेत गरे । सबैखाले चुनौती सामना गर्दै नेपाल प्रहरीले नागरिकलाई सुरक्षा प्रदान गर्न सफल भएको भन्दै उनले प्रहरी संगठनलाई समयानुकूल बनाइने बताए ।

    प्रहरी सेवा जनमैत्री हुनु पर्ने भन्दै उनले राष्ट्र र जनताको सेवामा जुट्न प्रहरी निरीक्षक तालिम सम्पन्न गरेकाहरुलाई निर्देशन दिए ।

    उपप्रधान एवं गृह मन्त्री बिमलेन्द्र निधिले नेपाल प्रहरीको ध्यान शान्ति सुरक्षा कायम गर्न केन्द्रित गर्न निर्देशन दिए ।

    निर्वाचन सम्पन्न गरी मुलुकलाई अगाडि बढाउने दायित्व सरकारको भएको भन्दै उनले दोस्रो चरणको निर्वाचन पनि शान्तिपूर्ण हुने बताए । नेपाल प्रहरी नागरिकको सबैभन्दा नजिकको साथी भएकाले नागरिकसँग मिलेर कर्तव्य निर्वाह गर्न उनले निर्देशन दिए ।

    कार्यक्रममा प्रहरी महानिरीक्षक प्रकाश अर्याल, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका निमित्त कार्यकारी निर्देशक देवेन्द्र सुवेदीलगायतले नागरिकको सुरक्षा गर्न प्रहरी प्रतिबद्ध रहेको बताए ।

    १९ महिने तालिममा १ सय ३२ जना प्रहरी निरीक्षक दीक्षित भएका छन् । तालिममा उत्कृष्ट प्रहरी निरीक्षकलाई प्रधानमन्त्री दाहालले सम्मानित पनि गरे ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij