आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

महिना दिनभित्र सबै स्थानीय तहमा कर्मचारीको व्यवस्था हुने

  • प्रकाशित मिति : शुक्रबार, जेष्ठ १९, २०७४



  • सरकारले एक महिना भित्र सबै स्थानीय तहमा कर्मचारीको व्यवस्था गर्ने योजना बनाएको छ । सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले स्थानीय तहमा कर्मचारीको व्यवस्थापन गर्न ढिलाई गर्न नहुने भनदै एक महिनाभित्र कर्मचारीको व्यवसथा गरिसक्ने जानकारी गराएका हुन् ।

    शुक्रबार व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिको बैठकमा बोल्दै मन्त्री बुढाथोकीले संघीय प्रशासनिक पुनर्संरचनाको कामलाई अघि बढाउन संसदीय समितिहरुलाई आग्रह गरिसकेको समेत जानकारी गराए । मन्त्री बुढाथोकीले स्थानीय तहमा जनप्रतिनिधि र बजेट पुगेपनि कर्मचारी पुग्ने अवस्था अझै नरहेकोतर्फ पनि समितिको ध्यानाकर्षण गराएको बताए । उनले स्थानीय तहमा जनतालाई सेवा दिने कर्मचारी पु¥याउने कामलाई छिटो सम्पन्न गर्न सबै निकायले चासो दिनुपर्ने बताए ।

    सरकारले एक महिना भित्र स्थानीय तहको सबै निकायमा बजेट पु¥याई सक्ने कार्ययोजना बनाईसकेको छ । तर बजेट कार्यान्वयन गराउन कर्मचारीहरुको व्यवस्थापनको काम भने अझै सुरु हुन सकेको छैन ।

    बैठकमा समितिका सदस्यहरुले जनताको सेवालाई सहज ढंगले गर्न सक्ने गरी कर्मचारीहरुको व्यवस्थापन गर्नुपर्ने आवश्यक्ता औल्याएका छन् । संघीय प्रशासनिक पुनर्संरचना समितिले संघमा १८ वटा मन्त्रालय रहने गरी मन्त्रालय गठनसम्बन्धि प्रस्ताव राज्य व्यवस्था समितिमा पेश गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij