प्रकाशित मिति : सोमवार, जेष्ठ २२, २०७४
विश्व वातावरण दिवसका अवसरमा ईटहरीमा पनि बृहत कार्यक्रमको आयोजना गरिएको छ । ५२ दिनदेखि सञ्चालन भइरहेको टेग्रापुल सरसफाई अभियानमा सकृया अभियानकर्मी बिच यो दिवस मनाइएको हो । इटहरीबाट पूर्व सडक मार्ग जोड्ने टेग्रा पुलमा आयोजना गरिएको कार्यक्रममा खोला आसपास बृक्षारोपण गरिनुको साथै होडिङ्ग वोर्ड, डस्टबिन र फलैचा हस्तानतरण गरिएको हो ।

टुइटोरियन सोसाइटी, किप इटहरी क्लिन, इटहरी उपमहानगरपालिका, उघोग बाणिज्य संघ इटहरी, इटहरीका राजनितिक दल, प्याबसन सुनसरी, इटहरी जेसिज, लेडी जेसिज, रोटरी क्लक, लायन्स क्लक आदी संस्थाहरुको पहलमा संकलित भएको बृक्ष तथा सरसफाई समाग्रीहरु इटहरी ६ स्थित लालीगुरास टोल बिकास संस्थालाई हस्तानतरण गरिएको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij