प्रकाशित मिति : सोमवार, जेष्ठ २२, २०७४
पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले महानगरपालिकाले पारदर्शी रुपमा करको दायरा निर्धारण गर्ने बताएको छ ।
पाँच स्थानीय तहका नवनिर्वाचित प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्ष र वडाध्यक्षको सम्मानमा पोखरा उद्योग वाणिज्य सङ्घद्वारा यहाँ आज आयोजित कार्यक्रममा उनले भने – ‘महानगरवासीबाट जथाभावी कर असुलेर पैसा थुपार्ने कार्यलाई अब अन्त्य गरिने छ ।’
प्रमुख जिसीले स्थानीय निकाय परिचालनका लागि चाहिने नीति नियम निर्माण भइनसकेकाले अहिलेकै स्रोत र साधन परिचालन गरी समृद्ध महानगरपालिका बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान गर्दै सङ्घका अध्यक्ष विश्वशङ्कर पालिखेले एकीकृत सम्पत्ति करको विषयमा सुरुको सहमतिअनुसार काम हुन नसकेकोमा असन्तुष्टि व्यक्त गरे । 
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij