बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

जीर्ण विद्युत् पोलका कारण समस्या

  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ २३, २०७४



  • जिल्लाका ग्रामीण क्षेत्रमा विस्तार गरिएका विद्युत्का पोल मक्किएर ढले पनि परिवर्तन नगर्दा स्थानीय बासिन्दा त्रसित भएका छन् ।

    वर्षौंदेखि गाडिएका काठे पोल मक्किएर कामै नलाग्ने अवस्थामा पुगेपछि हावाहुरीका कारण धमाधम ढल्न समेत थालेका छन् । चार वर्षअघि हावाहुरीले ढल्ने अवस्थामा पुगेको विद्युत्को पोल फेर्न बारम्बार नेपाल विद्युत् प्राधिकरणको कार्यालयमा आग्रह गरेपनि कुनै सुनुवाइ नभएको सूर्योदय नगरपालिका–३ की टीका मगरले गुनासो गरे । उनले हावाले भाँच्न लागेको पोल अहिले टेको लगाएर अड्याएका छन् ।

    टेको लगाएर अड्याएको पोल ढलेर करेन्ट लाग्ने त्रासले रातमा निन्द्रा समेत लाग्दैन, टीका भन्छन् । विद्युतीकरणका लागि जिल्लाका ग्रामीण भेगमा गाडिएका पोल मर्मत नहुँदा समस्या भएको हो ।

    नेपाल विद्युत् प्राधिकरण, जिल्ला समन्वय समिति, गाउँपालिका र उपभोक्ताले विद्युत् विस्तार गरेपछि पोल परिवर्तनका लागि चासो नदिनाले सात हजारभन्दा बढी विद्युतीय पोल जीर्ण अवस्थामा पुगेका छन् । तीमध्ये इलाम सदरमुकाममा मात्रै ८०० काठे पोल फेर्नुपर्ने अवस्थामा रहेको नेपाल विद्युत् प्राधिकरण, इलाम शाखाका प्रमुख सीताराम सिग्देलले बताए ।

    पोल परिवर्तन गर्न केन्द्रबाट आवश्यक बजेट प्राप्त नहुँदा मर्मत गर्न नसकिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । मक्किएका र भाँचिएका पोल फेर्नका लागि फलामे पोलको माग गरेपनि थोरै मात्रै प्राप्त हुनाले समस्या भएको प्राधिकरणको भनाइ छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij