आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बेवारिसे अवस्थामा फेला परेकी बालिका पाल्न चाहनेको खोजी

  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ २३, २०७४



  • बर्दिया नगरपालिका–३ बबई खोलास्थित कुस्माघाटको झोलङ्गे पुलमुनि भेटिएकी बेवारिसे शिशुलाई पाल्न चाहनेको खोजी भएको छ ।


    गस्तीमा रहेको प्रहरी टोलीले आइतबार राति ८ः३० बजे पुलमुनि राखिएको अवस्थामा जीवित बालिका फेला पारेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए ।

    बानियाभार गाउँ जाने सडकखण्डअन्तर्गत झोलुङ्गे पुलमुनि अलपत्र अवस्थामा फेला पारिएकी शिशुलाई प्रहरीले तत्काल स्थानीय स्वयम्सेविकामार्फत जिल्ला अस्पताल बर्दियामा पुर्‍याइएको उनले बताए । कसले किन बच्चालाई पुलमुनि राखेको भन्ने बारेमा कुनै जानकारी नआए पनि त्यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    बालिकाको गालामा घाँसलगायत बालुवाले कोतरे पनि स्वस्थ रहेको जिल्ला अस्पताल बर्दियाकी लैगिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्रकी मनोविमर्शकर्ता (स्टाफनर्स) एलिना खड्काले बताइन् ।

    आमा सुरक्षा कार्यक्रमको कपडासहित शिशु भेटिएकाले बालिका अस्पतालमै जन्मिएको हुनसक्ने उनको भनाइ छ । बच्चाको प्रकृति हेर्दा जन्मेकै दिन फालिएको हुनसक्छ ।

    उनले थपिन्, ‘नाभी झरेको छैन ।’ बालिकालाई अस्पतालले बोतलमार्फत दूधपान गराई रहेको छ । बच्चाको स्वास्थ्य अवस्था खतरा बाहिर रहेको चिकित्सकले जनाएका छन् ।

    शिशु स्वस्थ रहेकाले यदी कसैले पाल्ने भए प्रक्रिया पुराएर लैजान सक्ने महिला तथा बालबालिका कार्यालय बर्दियाकी महिला विकास अधिकृत गीराकुमारी बस्नेतले बताइन् ।

    उनले भनिन्, ‘कसैले बच्चाबच्ची पाल्ने मनसाय बनाएका हुन्छन्, यदि कतै त्यस्तो कोही छ भने स्वस्थ बच्चा भएकाले कानुन सम्मतरुपमा लगेर पाल्न सक्नुहुन्छ ।’

    बेवारिसे बालबालिकालाई सुरक्षित पालनपोषण गर्ने गृह बर्दियामा नभएकाले समस्या रहेको अधिकृत बस्नेतको भनाइ छ । बालिकाको जीवन रक्षाका लागि भएपनि कसैले लगेर सन्तानका रुपमा पालनपोषण गरे ठूलो धर्म हुने उनले बताइन् । (रासस)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij