आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

‘पाँच वर्ष बित्यो अझै पुल बनेन’

  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ २३, २०७४



  • सोलुखुम्बु र रामेछाप जोड्ने लिखुखोला मोटर चल्ने पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दासमेत पुरा भएको छैन ।

    विसं २०७० असार मसान्तमा निर्माण सम्पन्न गर्ने गरी २०६९ सालमा सम्झौता भए पनि २०७४ असार सुरु हुन लाग्दासमेत सम्पन्न हुने कुनै छाँटकाँट छैन ।

    रु तीन करोड ५० लाखको लागतमा निर्माण गर्ने गरी सिरुवा लोकप्रिय देवी कन्स्ट्रक्सनले स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार) बाट ठेक्का पाएको थियो । ठेक्काअनुसार कार्य नभएपछि पुनः २०७४ वैशाख मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी अन्तिम म्याद थप भएकामा पछिल्लो म्याद थप गरिएको दुई महिना बितिसक्दासमेत काम सम्पन्न हुने सङ्केत नदेखिएको स्थानीय शिक्षक उद्धब बस्नेतले बताए ।

    पुल निर्माण नहुँदा सोलुुखुम्बुको लिखुपिके गाउँपालिकाअन्तर्गत गोली, चौलाखर्क र भकाञ्जेका बासिन्दा मर्कामा परेका छन् । समयमा नै काम सम्पन्न नहुँदा सदरमुकामबाट चौँलाखर्क तथा रामेछाप हुँदै राजधानी चल्न सक्ने सडक निर्माणको कामसमेत अवरुद्ध भएको छ ।

    लिखुपिके गाउँपालिका गोलीकी बबिता बस्नेतले भने – “पुल निर्माण भएको भए गाउँका सडकमा गाडी गुड्थ्यो, हामी पनि सहजै राजधानीलगायतका स्थानमा आवतजावत गर्न सक्थ्यौँ, तर पुल नभएकै कारण सिधा यातायातबाट वञ्चित भएका छौँ ।”

    यस्तै गोलीकै अस्मिता बस्नेत भन्छन्, – “पुल निर्माण हुने कुरा सुनेको पाँच वर्ष बितिसक्यो अझैसम्म सम्पन्न हुने कुनै छाँटकाँट देखिँदैन, सम्बन्धित निकायको लाचारीपनका कारण होला विकासमा सुस्तताले जनतालाई सास्ती ।”

    निर्माण कम्पनीका ठेकेदार मदन बस्नेतका अनुसार पुल निर्माणको कार्य ९० प्रतिशत सम्पन्न भएकाले आगामी पुस मसान्तसम्ममा काम सम्पन्न भइसक्ने छ । जिम्मेवारी पाएको कम्पनी, अनुगमन गर्ने निकायको कमजोर उपस्थितिका कारण समयमा नै काम सम्पन्न नभएको स्थानीयवासीको आरोप छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij