बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

ऐतिहासिक पाटीपौवा सङ्कटमा

  • प्रकाशित मिति : बुधबार, जेष्ठ २४, २०७४



  • ग्रामीण क्षेत्रमा सडक सुविधाको पहुँच विस्तारसँगै ऐतिहासिक महत्वका पाटीपौवाको अस्तित्व सङ्कटमा परेको छ । सडक र होटल सुविधा नभएको समयमा बटुवा र तीर्थयात्रीका लागि म्याग्दीका विभिन्न ठाउँमा निर्माण गरिएका पाटीपौवा संरक्षणको अभावमा सङ्कटमा परेका हुन् ।

    जिल्लाका विभिन्न ठाउँमा रहेका सयवटाभन्दा बढी यस्ता पाटीपौवाको अस्तित्व संरक्षण र उपभोगको अभावमा सङ्कटमा परेको विगत ८ वर्षदेखि जिल्लाका धार्मिकस्थलमा जाने घोडेटो बाटो र बाटोमा पाटीपौवा निर्माण गर्दै आउनुभएका दरबाङका बमबहादुर शेरपुञ्जाले बताए ।

    उनका अनुसार विश्वप्रसिद्ध मुक्तिनाथ मन्दिर प्रवेशद्वारका रूपमा चिनिने म्याग्दीको सदरमुकाम बेनीदेखि मुस्ताङको सिमानासम्मको पुरानो बाटोमा रहेका दर्जनौँ पौवा लोप भइसकेका छन् ।

    मोटरबाटो र होटलको विकास हुने क्रमसँगै पाटीपौवा भत्काइने क्रम बढेको भगवती मन्दिर संरक्षण समिति ताकमका बुद्धिप्रसाद सुवेदीले बताए । परिवर्तित समयअनुसार ग्रामीण पहिचान झल्काउने यस्ता सम्पदाको संरक्षण गर्न सरोकारवालाले चासो नदिएको उनको गुनासो छ ।

    ‘ग्रामीण पहिचान झल्काउने पाटीपौवा अहिले उपभोग हुन नसकेपनि भविष्यमा यसको महत्व हुनसक्छ’ राहुघाट क्षेत्रको विभिन्न स्थानमा तीर्थयात्रीको सुविधाका लागि पाटीपौवा निर्माण गरिदिनुभएका शेरपुञ्जाले भने ।

    पुण्य कमाउनका लागि सामाजिक काम गर्न पाटीपौवा र चौतारी निर्माण गर्ने चलन छ । पहिले बाटोमा होटलहरू थिएनन् । पाटीपौवामा बास बस्ने चलन थियो । शेरपुञ्जा भन्छन्, “ठाँटीमा बास बस्ने चलन हराएपनि यस्ता सम्पदाको संरक्षण हुन जरुरी छ ।”

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij