आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अमेरिकाबाट सात नेपाली निष्कासित, चार्टर्ड विमानबाट त्रिभुवन विमानस्थलमै ल्याइयो

  • प्रकाशित मिति : बिहिबार, जेष्ठ २५, २०७४



  • काठमाडौं । अवैध मार्ग हुँदै अमेरिका पुगेका सात नेपालीलाई त्यहाँको अध्यागमनले पक्राउ गरी निष्कासन गरेको छ ।

    निष्कासित ७ जनालाई विशेष चार्टर्ड जहाजबाट बुधबार बेलुका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएको छ । जहाज ओर्लनासाथ ती सात नेपालीलाई विमानस्थलस्थित अध्यागमन कार्यालयको जिम्मा लगाइएको थियो ।

    निष्कासन हुनेमा रामेछापका टासी शेर्पा, रुकुमका तारक पुन मगर र धनीमान बुढा, कास्की पोखराका केशव थापा, कास्की हेम्जाका चित्रबहादुर थापा, मकवानपुरका रवीन्द्र बलामी र बागलुङका अमर बस्नेत छन् ।

    उनीहरु ९ देखि १६ महिनासम्म अमेरिकी अध्यागमनको हिरासतमा बसेका थिए । अमेरिकास्थित नेपाली दूतावासले ती नेपालीको ट्राभल डकुमेन्ट बनाएपछि त्यहाँको अध्यागमनले उनीहरुलाई निष्कासन गरेको थियो । –अन्नपूर्ण पोस्ट दैनिकबाट

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij