प्रकाशित मिति : शुक्रबार, जेष्ठ २६, २०७४
जथाभावी बाटो काट्ने पैदलयात्रुलाई ट्राफिक प्रहरीले कारवाही शुरु गरेसँगै सडकका विभिन्न स्थानमा जेब्राक्रसिङ निर्माणलाई पनि तिव्रता दिइएको छ ।
प्रहरीले कारवाही गर्ने तर ठाउँ ठाउँमा जेब्राक्रसिङ नहुने समस्या रहेको भन्दै आलोचना शुरु भएपछि जिल्लाका विभिन्न स्थानमा नयाँ जेब्राक्रसिङ तथा पूराना जेब्राक्रसिङलाई स्तरोन्नति शुरु गरिएको हो ।

ललितपुर ट्राफिक प्रहरीको आग्रहमा सडक विभागले जिल्लाका ३० वटा स्थानमा जेब्राक्रसिङ निर्माण गरेको छ ।
लतिलपुर ट्राफिक प्रहरी प्रमुख सीताराम हाछेथुका अनुसार जेब्राक्रसिङको संख्या न्युन रहेको र भएका जेब्राक्रसिङको अवस्था कमजोर रहेको कारण प्रहरीले पहल लिएको बताए ।
‘कारवाही अघि भौतिक संरचनामा पनि ध्यान दिन त्यतिकै आवश्यक छ । जेब्राक्रसिङ नै नभए कारवाही प्रक्रिया केका आधारमा गर्ने भन्ने नैतिक प्रश्न हामी सामु खडा भएको थियो,’ हाछेथुले भने, ‘त्यही भएर हामीले नै पहल लिएर सडक विभागलाई आग्रह गर्यौँ । अहिले धमाधम जेब्राक्रसिङहरु निर्माण गरिएका छन् ।’
उनले कारवाहीसँगै सवारी साधन र पैदलयात्रुलाई जनचेतनामूलक कार्यक्रम पनि अघि बढाइएको जानकारी दिए ।
जथाभावी बाटो काट्ने बानी सुधार्न सके उपत्यकामा धेरै दूर्घटना कम उनले विश्वास समेत व्यक्त गरे ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij