बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

प्रहरी हवल्दारको मृत्यु

  • प्रकाशित मिति : शुक्रबार, जेष्ठ २६, २०७४



  • नुवाकोट।  सशस्त्र प्रहरीका प्राविधिक हवल्दार कमल बानियाँको विदुर नगरपालिका–२ काफलडाँडास्थित भीरबाट लडेर शुक्रबार मृत्यु भएको छ ।

    दोलखाको साविक जुगु गाविस–३ घर भएर गुह्येश्वरी गण, भक्तपुरमा कार्यरत ३५ वर्षका बानियाँ साथीको घरमा आएर फर्कने क्रममा भीरबाट लडेर मृत्यु भएको नुवाकोट प्रहरीले जनाएको छ ।

    गणबाट बिदामा विदुर नगरपालिका–२ स्थित सहकर्मी रामलाल श्रेष्ठको घरमा बिहीबार आएका बानियाँ शुक्रबार कार्यालय फर्कने क्रममा काफलडाँडामा भीरबाट लडेर ८० फिट तल पुग्दा घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय, नुवाकोटका प्रहरी निरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij