बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

तीन हजार ५०० हेक्टर क्षेत्रको वनमा नोक्सानी

  • प्रकाशित मिति : शनिबार, जेष्ठ २७, २०७४



  • दाङ  । दाङमा यस वर्षको गर्मी मौसममा ५४ स्थानका वन क्षेत्रमा आगलागी भएको छ । चौंतीस वटा सामुदायिक र २० वटा राष्ट्रिय वन क्षेत्र गरी ५४ स्थानमा आगलागी भएको जिल्ला वन कार्यालय दाङले जनाएको छ ।

    उक्त आगलागीबाट झन्डै तीन हजार ५०० हेक्टर क्षेत्रको वनमा नोक्सानी भएको छ । सामुदायिक वनको दुई हजार ४९५ हेक्टर र राष्ट्रिय वनको ९९० हेक्टर गरी तीन हजार ४८५ हेक्टर वन क्षेत्रमा आगलागी भएको वन कार्यालयका सहायक वन अधिकृत हरि गौतमले जानकारी दिए ।

    गत वर्ष १५३ स्थानमा आगलागी हँुदा २४ हजार ९६१ हेक्टर वन क्षेत्रमा नोक्सानी भएको थियो । आगलागीले साना बुट्यान जल्ने गरेका छन् । बर्सेनि यहाँका वन क्षेत्रमा आगलागी हुँदै आए पनि आगो लगाउनेको भने पहिचान र उसमाथि कारबाही हुन सकेको छैन ।

    बीचमा पानी परेका कारण पनि अहिले कुनै पनि क्षेत्रका वनमा आगलागी नभएको वन कार्यालयले जनाएको छ । सम्भव भएसम्मका क्षेत्रमा सुरक्षाकर्मी, वन रक्षक र उपभोक्ताले आगो निभाएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij