बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

दुर्घटनामा परी १० यात्रु घाइते, चारजनाको अवस्था गम्भीर

  • प्रकाशित मिति : आइतवार, जेष्ठ २८, २०७४



  • नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी मध्यविन्दु–८ अरुणखोला र चोरमारा जङ्गलमा आज बिहान भएको सवारी दुर्घटनामा परी १० जना घाइते भएका छन्, जसमध्ये चारको अवस्था गम्भीर छ ।

    काठमाडौंबाट कपिलवस्तु हिँडेको लु १ ख ७०४६ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको ना ६ प १०९५ नम्बरको ट्रकलाई पछाडिबाट ठक्कर दिँदा सो दुर्घटना भएको थियो ।

    दुर्घटनामा परी बसमा सवार १० जना घाइते भएका छन् । घाइते हुनेहरुमा रुपन्देही, कपिलवस्तु, बागलुङ र अर्घाखाँची घर भएका यात्रु रहेका छन् । घाइतेहरुलाई उपचारका लागि सामुदायिक अस्पताल, डन्डा पठाइएको प्रहरीले जनाएको छ ।

    यात्रुहरु जोखिम मोलेर यात्रा गर्न बाध्य

    यसैबीच, नवलपरासीको एकमात्र पहाडी सडकखण्ड दलदले–बलिङटार सडकखण्डमा यतिबेला यात्रु पूर्णरुपमा जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन् ।

    बर्षाको मौसम सुरु भएलगत्तै पहाडी क्षेत्रमा सडक बिग्रिन पुग्दा पहाडी साविक १७ वटा गाविसमा पुग्ने अधिकांश यात्रु जोखिम मोल्न बाध्य भएका हुन् ।

    दलदले–बुलिङ्टार चल्ने सबै सवारी साधनमा यात्रुहरु छतमाथि बसेर यात्रा गर्न बाध्य छन् । विशेषगरी जोखिमपूर्ण पहाडी सडक अझ सवारी साधनको छतको यात्राका कारण यात्रु दोहोरो जोखिम उठाएर यात्रा गर्दै आएका हुन् ।

    पहाडी डेढगाउँ, रतनपुर, कोटथर, डाँडाझेरी, बुलिङ्टार, अर्खला, जौबारी, भारतीपुर, मिथुकरम, नरम, रुचाङ, रकुवा, धौबादीलगायतका पहाडी गाविसमा जान यात्रु जोखिमको यात्रा गर्दै आएका छन् ।

    सो सडकको दूरी करिब ४५ किलोमिटर रहेको छ । (रासस)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij