आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

दुई विकास बैंक गाभेपछि सेन्चुरीको एकीकृत कारोबार

  • प्रकाशित मिति : आइतवार, जेष्ठ २८, २०७४



  • दुई विकास बैंकलाई आफूमा गाभेको सेञ्चुरी कमर्सियल बैंकको आजबाट एकीकृत कारोबार सुरु भएको छ ।

    बैंकले ८ अर्ब पुँजी पुर्याउने क्रममा इन्नोभेटिभ र अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्ती (एक्विजिशन) गरी एकीकृत कारोबार सुरु गरेको हो ।

    एकीकृत कारोबारको नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवि नेपालले पानसमा बत्ति बालेर उदघाटन गरे। सो अवसरमा गभर्नर नेपालले आफू गभर्नर हुँदा आर्थिक वृद्धिदर ७ प्रतिशत नजिक पुगेको बताए। उनले भने ‘एमाले र माओवादीका अर्थमन्त्रीले आर्थिक वृद्धिदरको जस लिन खोजे पनि म त गभर्नर नै छु ।’

    एकीकृत कारोबार पश्चात् बैंकको चुक्ता पुँजी ४ अर्ब ७१ करोड पुगेको छ। निक्षेप ३८ अर्ब ५० करोड, कर्जा ३५ अर्ब तथा ५३ वटा शाखाहरु भएका छन् । अब बैंकले ४० प्रतिशत हकप्रद सेयर जारी गर्नेछ। सगरमाथा फाइनान्स, अल्पाईन डेभलपमेन्ट बैंक तथा सेती फाईनान्सलाई गाभेको बैंकले समयमै ८ अर्ब पुर्याउने जनाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij