बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

प्रहरीले सुराकमा विश्वास गर्दा मजदुर भोकभोकै हिरासतमा थुनिए

  • प्रकाशित मिति : सोमवार, जेष्ठ २९, २०७४



  • कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले गोदावरी नदीमा बालुवा लिन गएका १८ वटा ट्याक्टर र त्यसका चालकलाई नियन्त्रणमा लिएर रातभर हिराशतमा राखेपछि मात्र गल्ती गरेको महसुुस भयो ।

    मोहना नदीबाट अवैध रुपमा बालुवा निकासी हुँदैछ भन्ने सूचनाका आधारमा प्रहरी निरीक्षक इन्द्र मल्लको नेतृत्वमा गएको टोलीले शनिबार गोदावरी नदीमा बालुवा ढुवानीका लागि गएका ट्याक्टरसहित चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

    प्रहरीले ट्याक्टरका चालकलाई थुनुवा कक्षमा राखेर उनीहरुसँग भएको मोबाइल फोन बन्द गर्न लगाई आइतबार बिहान ११ः३० बजेसम्म भोकै प्रहरीको हिरासतमा राखेको थियो ।

    उनीहरुलाई कसैको सम्पर्कमा पनि आउन दिइएको थिएन । आइतबार बिहान मात्र ट्याक्टर मालिकले काटेको रोयल्टी रसिद हेरेपछि प्रहरी आश्चर्यमा परे ।

    आफूहरुले झुक्किएर चालक र ट्याक्टरलाई नियन्त्रणमा लिएको प्रहरीले स्वीकार गरेको छ ।

    ट्याक्टर जिविसले तोकेको रोयल्टी तिरेको रसिदसहित बालुवा ढुवानीका लागि गोदावरी खोलामा गएका थिए ।

    प्राप्त सूचनालाई राम्ररी अध्ययन नै नगरी ज्यालामजदुरी गरी खाने मजदुरलाई भोकभोकै एक रात थुनुवा कक्षमा राखी प्रहरी मानसिक यातनासमेत दिएकामा पीडित एक ट्याक्टर चालकले आक्रोश व्यक्त गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij