कन्ट्री ओमनले आयोजना गरेको सेमिनारमा स्थानीय समुदायका अस्ट्रेलियनहरुको बाक्लो उपस्थिति थियो। कार्यक्रममा ओलंघनमा बसोबास गर्दै आएका नेपालीले नेपालको बारेमा प्रष्टाएका थिए। जसमा पूर्व सञ्चारकर्मी निलम शर्माले नेपालको कला संस्कृती र पहिचानका बारेमा प्रष्टाएकी थिइन्।
त्यस क्षेत्रमा ब्यवसाय गर्दै आएकी शर्माले बुद्ध र सगरमाथाका रुपमा परिचित नेपालका अन्य थुप्रै बिशेषताहरु रहेको भन्दै स्थानीय बासिन्दाहरुलाई नेपालको प्राकृतीक सौन्दर्यमा रमाउन जान आग्रह गरेकी थिइन्।
नेपाल र अस्ट्रेलियाको झन्डा फहराएर आयोजना गरिएको सामुदायिक कार्यक्रममा स्थानीय रेस्टुरेन्ट ब्यवसायी नारायण प्रसाद चापाँगाइले नेपाली खानाले पनि नेपाल प्रशिद्ध रहेको भन्दै हाम्रा खानाका बारेमा बिशेष प्रस्तुती दिएका थिए।
ओलंघन क्षेत्रमा म्यांगो ट्री रेस्टुरेन्ट चलाउँदै आएका चापागाईँले हिमाल ,पहाड र तराइमा प्रचलित खानाका बारेमा बिशेष प्रस्तुती दिएका थिए। कार्यक्रममा सुनिल कटुवालले नेपाली राष्ट्रिय गान समेत गाएका थिए भने राजेन्द्र घिमिरेले कार्यक्रममा नेपालको सामाजिक सेवामा कन्ट्री ओमनको आवश्यकता रहेको औलाएका थिए।
कन्ट्री ओमनले नेपालका बारेमा निकै चासो राखेर यो कार्यक्रमको आयोजना गरेको हो।
