आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बस दुर्घटनामा शिशुको मृत्यु, चारजना गम्भीर घाइते

  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ ३०, २०७४



  • खोटाङ । दिक्तेलबाट यात्रु लिएर जयरामघाटतर्फ जाँदै गरेको यात्रुबाहक बस सोमबार राति दुर्घटना हुँदा एघार महिने शिशुको मृत्यु भएको छ भने अन्य चारजना गम्भीर घाइते भएका छन् ।

    बेलुका दिक्तेलबाट २६ जना यात्रु लिएर हिँडेको बा २ ख ७०७१ नम्बरको यात्रुबाहक बस हलेसी तुवाचुङ नगरपालिका–१ च्यास्मिटारमा करिब ९ बजेतिर दुर्घटना हुँदा रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका ११ महिने शिशु अजित विश्वकर्माको घटनास्थलमै मृत्यु भएको हो ।

    मध्यपहाडी यातायात व्यवसायी सङ्घद्वारा सञ्चालित बस अनियन्त्रित भई भित्तामा ठोक्किएर दुर्घटना हुँदा रुपाकोट नगरपालिका–५ लफ्याङका ३० वर्षीया अनु राई, ३२ वर्षीया मनकला राई, १४ महिनाका नयन राई र २१ महिनाका समनिया राई गम्भीर घाइते भएका छन् ।

    उनीहरुको थप उपचारका लागि छिमेकी जिल्ला उदयपुर पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक नवीनकिशोर प्रधानले जानकारी दिए ।

    बसमा सवार अन्य यात्रुलाई इलाका प्रहरी चौकी, हलेसीबाट खटिएका प्रहरी र स्थानीयवासीले राति नै उद्धार गरी हलेसी तुवाचुङ नगरपालिकास्थित दुर्छिम स्वास्थ्य चौकी पुर्‍याइएको छ । उनीहरुको अवस्था सामान्य बन्दै गएको स्वास्थ्यकर्मीले बताएका छन् ।

    राति पानी परिरहेको समयमा बसलाई घुम्तीमा मोड्ने क्रममा अनियन्त्रित भई भित्तामा ठोक्किएर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । दुर्घटनालगत्तै बस चालक आकाश मगर फरार रहेको प्रहरीले जनाएको छ ।

    दुर्घटनाग्रस्त बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने मृतक शिशुको शव परीक्षणका लागि जिल्ला अस्पताल पठाउने तयारी भइरहेको स्थानीयले बताएका छन् । दुर्घटनास्थल जयरामघाटभन्दा करिब तीन किलोमिटर माथि पर्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij