बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

बाख्रा फारम स्थापना गरी कृषि क्षेत्रमा एक नौलो आयाम

  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ ३०, २०७४



  • खोटाङ । सरकारले कृषिलाई मुख्य प्राथमिकतामा राखेर लगानी गरेता पनी देशका हस्ती मानिएका युवा पंक्तीहरु दिनानुदिन बैदेशिक रोजगारीको शिलशिलामा विभिन्न खाडी मुलुक गैइरहेका छन् ।

    जसले गर्दा नेपालको अधिकांश भुभागहरु बाँझिएर जान थालेका छन् । गाउँमा बृद्ध बृद्धाहरुलाई मात्र देख्न र भेट्न सकिन्छ ।

    तर पूर्वी पहाडी जिल्ला खोटाङका केही युवाहरु मिलेर कृषि व्यवसायलाई आत्मनिर्भर बनाउने अभियान थालेका छन् ।

    रुपाकोट–मझुवागढी नपा वडा नं.–३ मा बाँझिएर रहेको २ सय ९८ रोपनी जग्गालाई लिजमा लिएर अजम्बरी बाख्रा फार्म स्थापना गरी कृषि क्षेत्रमा एक नौलो आयाम थप्न सफल भएका हुन् ।

    बाँझिएर रहेका जग्गाहरुलाई सदुपयोग गर्न सके आफ्नै घर गाउँमा सुन फलाउन सकिने अजम्बरी बाख्रा फार्मका सञ्चालक सुबासचन्द्र आचार्य बताउँछन् ।

    फार्मले हाल बाख्रा पालन सँगै गाई, भैसी, कुखुरा, मत्स्य पालन जस्ता मासु जन्य वस्तुहरुको व्यवसायिक रुपमा उत्पादन गर्न थालेको छ ।

    फार्मले व्यवसायिक कृषि तथा व्यापार आयोजनाको चौथो कल अन्तर्गत बाख्रा पालन अनुदान कार्यक्रमको प्रथम सार्वजनीक सुनुवाई २०७३ माघ १८ गते सम्पन्न गरिसकेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij