बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

बाँदरले चिथोरेका मकैको घोगा र अन्नवाली बोकेर प्रदर्शनमा उत्रिए किसान

  • प्रकाशित मिति : बिहिबार, असार १, २०७४



  • धादिङ । गाउँमा बाँदर आतंक मच्चिएपछि धादिङका किसानहरुले बाँदर आतंक नियन्त्रणको माग गर्दै सदरमुकाम धादिङबेसीमा प्रदर्शन गरेका छन् ।

    बाँदरले चिथोरेका मकैको घोगा र अन्य अन्नवालीसहित बोकेर पीडित किसानले प्रदर्शन गरेका हुन् ।

    बर्षौदेखि गाउँमा बाँदर आतंक मच्चिँदै आएको र बर्षेनी जिल्ला प्रशासन कार्यालय लगायतका निकायमा बाँदर नियन्त्रणको माग गर्दै आए पनि सुनुवाइ नभएपछि प्रदर्शनमा उत्रनुपरेको बाँदर पीडित समूहका अध्यक्ष तिलप्रसाद लम्सालले बताए ।

    पछिल्लो समयमा बाँदरको आतंक बढ्दै गएपछि निलकण्ठ नगरपालिकाको वडा नं ९ देखि १२ सम्मका किसान र ज्वालामुखी गाउँपालिकाका किसान निकै पीडित बनेका छन् ।

    किसानले बाँदर आतंक नियन्त्रण गर्न प्रभावकारी बिधि खोजिदिन वा बाँदरले पुर्‍याएको अन्नबालीको क्षतिपूर्तिको व्यवस्था मिलाउन प्रशासन, वन कार्यालय र कृषि कार्यालय समक्ष आग्रह गरेका छन् ।

    माग सम्बोधन नभए चरणबद्ध आन्दोलनमा उत्रने किसानले चेतावनी दिएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij