प्रकाशित मिति : बिहिबार, असार १, २०७४
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको गैँडाकोट बेल्डियामा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।
बुधबार साँझ ना ५ ख २२११ नंको मालबाहक ट्रकले पैदलयात्री गैँडाकोट–१३ सिख्रौलीकी ४५ वर्षीया तुलसी पोखरेलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
मालवाहक ट्रक पूर्वबाट पश्चिमको लागि छुटेको थियो।
ट्रक र चालकलाई प्रहरी नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय, गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक सुवास हमालले जानकारी दिए।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij