बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

पानी प्रोजेक्ट हावा

  • प्रकाशित मिति : बिहिबार, असार १, २०७४



  • उर्मिला खड्का ओली , दाङ । दाङ जिल्लाको धेरै भुभाग सिचाइको अभाब देखिन्छ । त्यो पनि बबै नदिको दक्षिण भाग सबै आकासे पानीमै निर्भर छ । हरेक बर्ष ,समयमा बर्षा नहुँदा सयौ बिघाह जमिन बाझो रहने र खेती गरेको बाली पनि जर्ता जाने गर्दछ । सरकारले भूमिगत जल बिकास योजना अनुसार त्यस क्षेत्रमा क्रिषकसँग पनि रकम उठाएर बोर्डिङ बनाउने योजान सुरु गर्यो ।

    केही ठाउमा बोर्डिङ सन्चालन भए पनि हाल घोराही उपनगरपालिका वडा नम्बर ८ अन्तर्गत ढकलपुर आन्द्राभरिया भन्ने ठाउमा भुजबिले ठ बर्ष अगाडि नै क्रिषकसँग पटक गरी मोटो रकम उठाइ बोर्डिङ धस्ने योजना सुरु गर्यो । सर्बेक्षण गर्ने भन्दै  करिव दुइे चार बर्ष बितायो ।

    गाउले जुलुस लिएर गए पछी केही बर्ष खन्नेमा बितायो । किन ढिलाई भयो भन्दा खासै सुनुवाई भएन ।  बिसौ पटक उपभोक्तहरुले धाउदा भूमिगत जल बिकास योजना लमहिले बोर्डिङ खन्ने कार्यक्रम सम्पन्न त गर्यो तर बुजुली ब्यबस्था गर्न सकेन । नेता हाकिमालाई हार गुहार गर्दा सातौ बर्षमा आएर पोल गाडेर बत्तीको तार जोडीयो । अब पानी सिचाइ हुने भो भनेर दङग भएका  जनता झन निरास हुन पुगे । बत्ती बाली दिनु पर्यो भन्दा झन नौटङ्की सुरु भो ।

    भुजबिले,  हामीले पानीको ब्यबस्था गरेर बोर्डिङसम्म बिधुतको तार जडान गर्ने हो । गरी सक्यौ ।  हाम्रो काम सकियो । अब बिधुतको काम हो भन्न थाल्यो । बिधुतमा जादा यो काम भुजबिको हो । उसैले बत्ती दिलाई दिनु पर्छ । हामीलाई त कुनै जानकारी छैन भनियो । भुजबिलाई नै हाम्रो अफिसमा जाने भन्नुस भन्दा रहेछन । भुजबिलाई गएर भन्दा हामीले बत्ती जडान गर्दिसकेको हो । हामी बिधुतमा न जाने । उनिहरुले  हामीसँग पैसो माग्छन भनेर सुनाए ।

    एउटा सरकारी कार्यालयले अर्को कार्यालयसङ्ग पैसो माग्छ भने बिचरा जनताको के हाल होला ।
    जिल्लाका नेता देखी त्यस क्षेत्र सभासद राजु खनाललाई पटक पटक  भन्दा पनि कुनै चासो दिएनन । सभासदले झन  गाउलेहरुलाई यो मेरो काम होइन । सम्बन्धित कार्यालयको हो । मलाई यो बारे धेरै कुरा न गर्नुस् भन्ने आशय ब्यक्त गरे ।

    आज पोल गाडेर बिधुतिय तार जोडेको बर्षौ हुन लाग्दा पनि न सम्बन्धित निकाएलाई चासो छ । न त्यस क्षेत्रका सभासदलाई त्यो ठाउँको बिकास गर्ने चासोछ । सरकारको अनुदान त छदै छ , जनताबाट उठाएको पैसो  समेत  खर्च भएको छ ।   पानीको ब्यबस्था होला र खेतीपाती झन राम्रो होला भन्ने आशा गरेका किशासनलाई यो पानीको योजना कुहिरोको घाम जस्तो भएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij