बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

वीरगन्जमा राजपाको बन्द अवज्ञा गर्दै बजार सडक खुल्यो

  • प्रकाशित मिति : शुक्रबार, असार २, २०७४



  • सरकारी निर्णय आफूहरूलाई मान्य नहुने भन्दै आन्दोलन जारी राख्ने राजपाको बन्द अवज्ञा गर्दै वीरगन्ज बजार खुलेको छ। गत मंगलबारदेखि आह्वान गरिएको चार दिने हड्ताल सरकारको पछिल्लो निर्णयले पनि फिर्ता नभएको राष्ट्रिय जनता पार्टीले दाबी गरे पनि वीरगन्जका  पसल तथा बजारहरू शुक्रबार बिहानैदेखि स्वस्फुर्त खुलेका छन्।

    वीरगन्जका व्यपारीहरुले बन्दको अवज्ञा गरेपछि आन्दोलनकारीहरू सडकमा देखिएका छैनन्। वीरगन्जमा आज सार्वजनिक यातायातका सवारी साधनहरु पनि निर्वाध रुपमा चलेका छन्। बजार खुलेको र सार्वजनिक यातायातका सवारी साधनहरु सन्चालनमा आएपछि वीरगन्जमा चहल पहल पनि बढेको छ।

    ‘तीन दिन त पसल बन्द गरेकै हो, अब कति दिन गर्ने?’, वीरगन्ज माइस्थानका राजाबाबु गुप्ताले सेतोपाटीसँग भने, ‘अब धेरै दिन पसल बन्द गर्न सकिदैन, किनकि बन्द हड्तालले कसैलाई फाइदा गर्दैन।’

    यसैबीच राजपाका महासचिव शिव पटेलले बन्द फिर्ता नभएको भन्दै पानी परेकोले कार्यकर्ता सडकमा नदेखिएको बताए।

    राजपालाई मनाउनकै लागि भनेर सरकारले प्रदेश नम्बर २ को निर्वाचन मिति सारेर असोज २ गतेलाई पुर्‍याएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij