आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अमेरिकामा हिमाल चढ्ने क्रममा निधन भएका सञ्जय पण्डितको शव ल्याउन समस्या

  • प्रकाशित मिति : सोमवार, असार ५, २०७४



  • काठमाडौं । अमेरिकाको अलेस्कामा रहेको डेनाली हिमाल चढ्ने क्रममा मृत्यु भएका अल्ट्रा धावक तथा पर्वतारोही सञ्जय पण्डितको शव ल्याउन समस्या भएको छ ।

    वासिंङटन डिसीस्थित नेपाली दूताबासका अनुसार खराब मौसमका कारण शव ल्याउन नसकिएको हो । शव ल्याउन अझै केही समय लाग्ने स्रोतले जनायो ।

    पण्डितसँगै रहेका अन्य दुई नेपालीको अवस्था अज्ञात रहेको बताइएको छ । उनीहरुको परिचय खुलेको छैन । खराब मौसमका कारण घटनास्थलमा हेलिकप्टर पुग्न नसकेको बताइन्छ ।

    अमेरिकास्थित नेपाली राजदूताबास स्रोतले दिएको जानकारी अनुसार अलेस्कामा रहेको डेनाली हिमाल चढ्ने क्रममा उनको निधन भएको थियो ।

    उनको जुन १६ मा निधन भएको दूतावासले जनाएको छ । एभरेष्ट टु डेनाली २०१७ अभियानअन्तर्गत जुन ३ मा गएर २६ मा फर्किने उनीहरुको योजना थियो ।

    करिब १७ हजार २ सय फिटमाथि हाइ अल्टिट्युड सिकनेसका कारण उनको निधन भएको हो ।

    अमेरिकी आधिकारीक निकायबाट नेपाली राजदूतावासलाई यसको जानकारी गराइएको थियो ।

    पण्डित एभरेष्ट टु डेनाली २०१७ अभियानअन्तर्गत डेनाली चढ्न गएका थिए । उक्त समूहलाई टासी शेर्पाले नेतृत्व गरेका थिए ।

    संसारका केही अग्ला चुचुरा आरोहण गरिसकेका पण्डितले सन् २०१३ मे १९ मा सगरमाथा आरोहण गरेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij