आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

चारकिलोमा पहिरो, मुग्लिन सडक बन्द

  • प्रकाशित मिति : बुधबार, असार ७, २०७४



  • चितवन  । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलो भन्ने स्थानमा आज बिहान खसेको पहिरोका कारण सडक अवरुद्ध हुन पुगेको छ ।

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार रातिको समयमा पहिरो खसेपछि बिहान ३ बजेसम्म एकतर्फी गाडी चलेपनि विहान ४ बजेदेखि यातायात पूर्णरुपमा बन्द भएको हो ।

    अहिले डोजरको सहयोगमा पहिरो पन्छाउने क्रम चलिरहेको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए ।

    बेलाबेलामा पानी परिरहेकाले पहिरो पन्छाउन समस्या आउने गरेको प्रहरीले जनाएको छ । पहिरोका कारण यातायात बन्द हुँदा चितवनबाट काठमाडौँ तथा पोखरा जाने र आउने सवारीको ठूलो लाइन लागेको छ ।

    दुई दिनअघि पनि यहाँको कालीखोलामा पहिरो खस्दा ८ घन्टा यातायात बन्द हुन पुगेको थियो । मुग्लिन सडक विस्तारका क्रममा रहेकाले यहाँ पहिरो खस्ने क्रम चलिरहेको छ । केही महिनाअघि यहाँ सुक्खा पहिरो खस्दा दुईजनाको ज्यानसमेत गएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij