बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

तमोर नदी किनारमा बसोबास गर्ने माझी समुदाय मताधिकारबाट बन्चित

  • प्रकाशित मिति : बुधबार, असार ७, २०७४



  • पाँचथर । पाँचथर र तेह्रथुमको सीमाना तमोर नदी किनारमा बसोबास गर्ने सीमान्तकृत अल्पसंख्यक माझी समुदाय बीस वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा मताधिकारबाट बन्चित हुने भएका छन् ।

    जिल्लाको हिलिहाङ, तुम्वेवा र कुम्मायकका विभिन्न घाटमा रहेका माझी बस्तीका १ सय ३५ घरधुरीमा बसोवास गर्ने अधिकांश माझीले असार १४ को स्थानीय तह निर्वाचनमा मतदान गर्न नपाउने भएका हुन् ।

    फोटोसहितको नामावलीमा नाम अनिवार्य समावेश गर्नुपर्नेबारे राजनीतिक दल, निर्वाचन कार्यालय र सरोकारवालाले जानकारी नगराउँदा नामावली सूचीमा नाम नहुँदा आफूहरु मतदानबाट बञ्चित हुनुपरेको उनीहरु गुनासो गर्छन् ।

    हिलिहाङ गाउँपालिकाको पिनासीघाट, कुम्मायक गाउँपालिका सिम्राघाट र तुम्वेवा गाउँपालिका लमुघाटमा वसोवास गर्दै आएका १ सय ३५ मध्ये करीब ३५ घरकाबाहेक धेरैको नाम छुटेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij