प्रकाशित मिति : बुधबार, असार ७, २०७४
भूकम्पबाट प्रभावित साना उद्योगीलाई घरेलु तथा साना उद्योग विकास समितिले सहयोग गरेको छ ।
भूकम्पपछि साना उद्योगको पुनःस्थापना हुन नसकेका उद्योगको प्रविधिमा क्षति पुगेपछि साना उद्योगीलाई प्रविधिमा सहयोग गरिएको घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालयका प्रमुख विजयकुमार भट्टराईले बताए।
विदुरमा मङ्गलबार आयोजित उद्योगीसँगको अन्तक्र्रिया कार्यक्रममा जिल्लामा रहेका ४० साना उद्योगिलाई १५ हजार बराबरको प्रविधि हस्तान्तरण गरिएको हो ।
भूकम्प प्रभावित उद्योगीको समस्या समाधानका जिल्लामा रहेका सरोकारवाला निकायसँगको अन्तक्र्रिया कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष ताराबहादुर कार्कीले साना उद्योगीलाई आवश्यक सहयोग गरी व्यावसायिक प्रवद्र्धनमा लाग्न घरेलु तथा साना उद्योग विकास समितिलाई आग्रह गरे।
कार्यक्रममा घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष सीताराम रिमालले ठूला व्यवसायीलाई भन्दा साना उद्योगीलाई सरकारले प्राथमिकतामा राखेर नीति निर्माण गर्नुपर्नेमा जोड दिए।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij