आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

‘भिसाको’ एक्सिलेन्स इन ड्राइभिङ्ग इनोभेसन पुरस्कार पायो सिद्धार्थ बैंकले

  • प्रकाशित मिति : बुधबार, असार ७, २०७४



  • भिसा कार्डले आफ्नो ‘एक्सिलेन्स इन ड्राइभिङ्ग इनोभेसन’ पुरस्कारबाट सिद्धार्थ बैंकलाई सम्मानित गरेको छ । सिद्धार्थ बैंकले ग्राहकहरुका आवश्यकताहरुलाई पुरा गर्दै सन्तुष्टि दिए फलस्वरुप यो पुरस्कार प्राप्त गरेको बैंकले जानकारी दिएको छ।

    सिद्धार्थ बैंकको सिद्धार्थ भिसा क्रेडिट कार्ड र युएनओ इन्टरनेट भेन्चर डिस्काउन्ट कार्डका विभिन्न विशेषताहरुलाई समावेश गरेर हाल सञ्चालनमा ल्याएको सिद्धार्थ बैंकले जानकारी दिएको छ। यस कार्ड मार्फत् देशभरका ३५० भन्दा बढी साझेदार केन्द्रहरुमा वस्तु तथा सेवा खरिद गर्दा १० देखि ४० प्रतिशतसम्म छुट प्राप्त गर्नसक्ने बैंकले बताएको छ।

    क्रेडिट कार्डसँगै बैंकले आफ्ना ग्राहकहरुलाई मेडिकल प्रिपेड कार्ड, इन्टरनेशनल ट्राभल कार्ड, स्टुडेन्ट प्रिपेड कार्ड लगायत विभिन्न डेबिट तथा प्रिपेड कार्ड सुविधाहरु प्रदान गर्दै आएको छ । बैंकले हालसम्म १ लाख ६० हजार बढी भिसा कार्ड जारी गरिसकेको छ ।

    ७० शाखा, २ एक्स्टेन्सन काउन्टर, ९० एटीएम, १ मोबाइल एटीएम, ७० शाखारहित बैंकिङ्ग सेवा केन्द्र र ४०० भन्दा बढी पिओएस मेसिनद्वारा बैंकले सेवा प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij