बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

चितवन राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरिएका दुई अर्ना मरे

  • प्रकाशित मिति : बुधबार, असार ७, २०७४



  • ललितपुरको जाउलाखेलस्थित चिडियाखानाबाट स्थानान्तरण गरेर चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएका दुईवटा अर्ना मरेका छन् । 

    गएको माघ महिनामा चिडियाखाना र कोसी टप्पुबाट १५ वटा अर्ना स्थानान्तरण गरिएको थियो । चिडियाखानाबाट ल्याइएको एक जोडी अर्ना मरेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले जानकारी दिए।
    “भाले अर्ना अर्का जङ्गली भालेसँग जुधेर मरेको हो, पोथी बिरामी भएर मरेको हो,” उनले भने। अब यहाँ १३ वटा अर्ना बाँकी छन् । 

    चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले पोथी अर्ना गएको बिहीबार र भाले एकहप्ता अघि मरेको बताए । प्राकृतिक दुर्घटना, रोगको प्रकोपलगायत कारणले वन्यजन्तु मासिनसक्ने हुँदा वंश संरक्षण गरी सङ्ख्या वृद्धिका लागि यहाँ अर्ना स्थानान्तरण गरिएको थियो । 

    गएको माघ १४ गतेदेखि २७ गतेसम्म यहाँ १५ अर्ना ल्याइएको थियो । कोसीटप्पु वन्यजन्तु आरक्षबाट १२ र चिडियाखानाबाट तीन वटा अर्ना ल्याइएको थियो । कोसीटप्पुबाट दुई भाले र चिडियाखानाबाट एउटा भाले ल्याइएको थियो । चितवनको सौराहास्थित पुरानो पदमपुर क्षेत्रमा ३० हेक्टरको क्षेत्रफलमा खुलाखोर बनाएर अर्ना राखिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij