बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

कच्ची नाला बनाइएको भन्दै जनप्रतिनिधिले भत्काइदिए

  • प्रकाशित मिति : शुक्रबार, असार ९, २०७४



  • तनहुँ  । तनहुँमा कच्ची नाला बनाइएको भन्दै जनप्रतिनिधिले भत्काएका छन् । तनहुँको व्यास–५ स्थित पर्यटकीय क्षेत्र मानुङकोट जोड्ने मोटर बाटोकोे नाला कमजोर बनाएको भन्दै स्थानीय नवनिर्वाचित जनप्रतिनिधिले भत्काईदिएका हुन् ।

    कामको जिम्मा लिएको ठेकेदारलाई नाला भत्काउन दिएको निर्देशन अटेर गरेको भन्दै प्राविधिक र जनप्रतिनिधिले आफैं गएर नाला भत्काएका हुन् । गुणस्तरहीन बालुवा र कम सिमेन्ट प्रयोग गरिएको आरोप उनीहरुले लगाएका छन् ।

    व्यास–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले गुणस्तरहीन काम गरेर बजेट दुरुपयोग गर्न नदिइने बताए । इन्जिनियर पुजन न्यौपानेले निर्माणको जिम्मा लिएको एल एम कन्सट्रक्सनललाई नियमानुसार काम गर्न भनिएकोमा नगरेपछि भत्काइएको उनको भनाइ थियो ।

    नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललेसमेत भत्काइएको नालाको अवलोकन गरेका थिए । पौडेलले उक्त मार्ग निर्माणका लागि वर्षेनी बजेट विनियोजन गर्दै आएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij