बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

वारेस दिने नाममा लेखनदासले बनाए १५लाखको तमसुुक

  • प्रकाशित मिति : शुक्रबार, असार ९, २०७४



  • भुुमिसुुधार कार्यालय गौरमा मोहियानी हकको लागी मुुद्धा खेपीरहेका एक जना खेलनदासले वारेस दिने नाममा १५ लाखको तमसुुक गराएको रहस्य खुुलेको छ । मुुडवलवा ६ हाल गौर नगरपालिका १२ बस्ने लेखनदास सुुुचिन्द्र प्रसाद यादव आफै धनी बनेर संतोष महतोमाथि १५ लाखको मुुद्धा अदालतमा दायर गरेपछी घटनाको रहस्य खुुलेको हो ।

    लेखनदाश सुुचिन्द्रले झुुक्याएर तमसुुक गराएको यो पहिलो घटना होईन यसअघि पनि उनले कतिपय सोझा साझासंग वारेसका नाममा लाखौंको तमसुुक गराई सकेका छन् । कटहरिया गाँउपालिका ४ का संतोष महतोले घटनापछि  न्यायका लागी जिल्ला प्रशासन मार्फत उजुुरी दिएका छन् । उजुरीपरेसँगै लेखनदास सुुचिन्द्र बेपता भएका छन् ।

    पीडित महतो आफुु माहीधनी रहेको कटहरिया वडा न.५को कि.न.९४१ कि.न. ९४३को सातकठा जग्गा मोही हक पाउन भुुमीसुुधार कार्यालयमा मुुद्धा खेपिरहेका छन् । २०७१ सालमा लेखनदास सुुचिन्द्रले वारेस दिन भनेपछि आफुुले नेपाली कागजमा दुुबैऔंलाले चारठाँउमा छाप लगाएको महतोले बताए ।

    सोही कागजलाई वारेसको सट्टा तमसुुक बनाई लेखनदाशले लेनदेन मुद्धा जिल्ला अदालत गौरमा केहीदिन अघि मुुद्धा दायर गरेपछी आफुुले थाहा पाँएको महतोले बताए । सदरमुुकाम गौरमा शुुक्रवार पत्रकारहरुसंग  संतोषले न्यायका लागि पहल गरीदिन आग्रह गरे।

    जिल्ला प्रहरी प्रवक्ता डिएसपी नविनकृष्ण भण्डारीले घटनाबारे छानबीन भईरहेको बताएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij