प्रकाशित मिति : शुक्रबार, असार ९, २०७४
बोगटान गाउँपालिका–६ गगुडाका जोगीसिं चन्द सेती नदीमा बेपत्ता भएका छन । बिहिबार राती नदीमा माछा मार्न नदीमा गएका जोगी अहिलेसम्म पनि बेपत्ता रहेका छन । जोगीले साथमा रहेका तुला सिं चन्दलाई आफु माछा मार्न जान्छु भन्दै नदीमा तर्फ गएका थिए ।
जोगी धेरै बेरसम्म नफर्किएका र अहिलेसम्म फेला नपरेको तुला चन्दले बताए । जालसहित गगुडाको डायल भन्ने ठाउँमा माछा मार्नका गएका चन्द बेपत्ता भएका हुन । बेपत्ता चन्दको खोजी कार्यजारी रहेकोस्थानीय बिरेन्द्र चन्दले जानकारी दिए । चन्दका १ छोरा र २ छोरी छन ।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij