बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

हाइड्रोपोनिक्स प्रविधिलाई प्रवद्र्धन गरिने

  • प्रकाशित मिति : आइतवार, असार ११, २०७४



  • माटोबिना ट्रेमा पानी हालेर घाँस, फलफूल र तरकारी उमार्ने प्रविधि हाइड्रोपोनिक्सलाई प्रवद्र्धन गरिनुपर्नेमा जोड दिइएको छ।

    हाइड्रोपोनिक्स नेपालले यहाँ आयोजना गरेको कार्यक्रममा कृषि विकास मन्त्रालयका सहसचिव एवम् प्रवक्ता डा योगेन्द्र कार्कीले जापान र कोरिया भ्रमणमा गएकाबेला यो प्रविधिबाट तरकारी, फलफूल र घाँस उमारिएको पाएपछि आफूले नेपालमा पनि भित्र्याउन खोजेको जानकारी दिए।

    “आर्थिक वर्ष २०७४÷२०७५ को नीति तथा कार्यक्रम र बजेटमा पनि यो प्रविधिलाई प्रवद्र्धन गर्न बजेट छुट्याइएको छ, यसले कम खर्चमा थोरै जनशक्तिका भरमा तरकारी, फलफूल र घाँस उत्पादन गर्न सकिन्छ” – उनले भने।

    ४० हजारकै लगानीमा पाँचजनाको परिवारलाई पुग्ने फलफूल र तरकारी यो प्रविधिबाट एक हप्तामै उमार्न सकिने प्रवक्ता कार्कीले सुनाए।

    कार्यक्रममा राष्ट्रिय चरण तथा पशु आहार केन्द्रकी प्रमुख डा नम्रता सिंहले कम सिँचाइ र जनशक्तिले पनि यो पद्धतिबाट फलफूल, तरकारी र घाँस उत्पादन गर्न सकिने अनुभव सुनाइन्।

    कार्यक्रममा हाइड्रोपोनिक्स केन्याका निर्देशक पेट चेज, हाइड्रोपोनिक्स नेपालका अध्यक्ष नीलमणि सापकोटा र खरायो सहकारी अभियानका अध्यक्ष रामु पण्डितले जमारे घाँस प्रविधि पनि भनिने हाइड्रोपोनिक्सबाट रोपिने फलफूल अरुभन्दा राम्रो हुने जानकारी गराए।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij