बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

अस्ट्रेलिया र कम्बोडियामा उडान भर्नका लागि गृहकार्य

  • प्रकाशित मिति : आइतवार, असार ११, २०७४



  • संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले अस्ट्रेलिया र कम्बोडियामा पनि उडान भर्नका लागि गृहकार्य गरिरहेको छ।

    मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेका अनुसार मन्त्रालयले ती देशमा सिधैँ उडान भर्ने विषयमा समझदारी गर्नका लागि दुवै मुलुकका प्रतिनिधिसँग छलफल गरिरहेको छ।

    नेपालले विभिन्न ३८ मुलुकसँग हवाई सम्झौता गरेको छ। अन्तर्राष्ट्रिय उडान भर्नका लागि विगतमा सञ्चालन भएका नेपालको ठूला क्षमता भएका विमान बिग्रिने, समयमा मर्मत नहुनेलगायत समस्याका कारण सम्झौता भएका मुलुकमा उडानलाई निरन्तरता दिन नसकिएको हो।

    कुनै बेला युरोपका केही मुलुकसम्म उडान भरेको नेपाली वायुसेवा निगमसँग अहिले न्यून सङ्ख्यामा अन्तर्राष्ट्रिय एयर बस रहेका कारण उडानमा कमी आएको हो।

    नेपालबाट क्रमशः भारत, संयुक्त अरब इमिरेटस्, कतार, मलेसिया, हङ्कङ र थाइल्यान्डमा अहिले नियमित उडान हुने गरेको छ। सहसचिव लामिछानेका अनुसार चिनियाँ जहाज ल्याइएको भए पनि दक्ष जनशक्ति व्यवस्थापन हुन नसक्दा नियमित रुपमा सञ्चालन गर्नसक्ने अवस्था छैन।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij