प्रकाशित मिति : सोमवार, असार १२, २०७४

काठमाडौं । बीमा समिति र कृषि विकास कार्यालय दोलखाको संयुक्त आयोजनामा एकदिने बीमा अभिकर्ता तालिम सम्पन्न भएको छ ।
कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक श्रीमान कार्कीले बीमासम्बन्धी कानुनी व्यवस्था, बीमा व्यवसायको वर्तमान अवस्था र चुनौतीदेखि यस क्षेत्रको विकास र विस्तारमा बीमा अभिकर्ताहरुले निर्वाह गर्नुपर्ने भूमिका विषयमा आफ्नो धारणा राखेका थिए ।
उनले अभिकर्ताको काम कर्तव्य र अधिकार र जिम्मेदारीको विषयमा प्रकाश पारे ।
अभिकर्ताले कहिल्यै पनि गलत सूचना दिने र विमकलाई घाटा हुने काम गर्नु हुँदैन उनले भने । कार्यक्रममा झण्डै ६५ जना अभिकर्ताहरुको सहभागिता रहेको थियो ।
यसप्रकारको कार्यक्रम बीमा समिति संलग्न भएर गरेको दशौं रहेको समितिका कार्यकारी निर्देशक श्रीमान कार्कीले बताए । पछिल्लो पटक कृषि विकास मन्त्रालयले वाली तथा पशुपंक्षी बीमालाई समितिको समन्वयमा हरेक जिल्लामा यस किसिमको अभिकर्तासम्बन्धी तालिम दिँदैआएको छ ।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij