आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मूल्य घटाएपछि चिनियाँ अनुदानको इन्डक्सन चुलोको बिक्री बढ्यो

  • प्रकाशित मिति : मङ्लबार, असार १३, २०७४



  • काठमाडौं । मूल्य घटाएपछि चिनियाँ अनुदानको इन्डक्सन चुलोको बिक्री बढेको छ ।

    भारत सरकारले लगाएको अघोषित नाकाबन्दीका बेला चीन सरकारले अनुदान स्वरुप दिएको इन्डक्सन चुलोको मूल्य बढी हुँदा बिक्री हुन नसकेकोमा मूल्य घटाएर बेचेपछि बिक्री बढेको हो ।

    उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिले चुलो बिक्री नभएपछि आपूर्ति मन्त्रालय र नेसनल ट्रेडिङ कर्पोरेसन लिमिटेडका कर्मचारीलाई बोलाएर तत्काल मूल्य समायोजन गरेर बिक्री गर्न निर्देशन दिएको थियो ।

    समितिको निर्देशनअनुसार अहिले रु चार हजार मूल्य निर्धारण गरी बिक्री वितरण गरिएको कर्पोरेसनकी सूचना अधिकारी गीता निरौलाले जानकारी दिइन् ।

    कर्पोरेसनले हालसम्म एक हजार ५०० थान इन्डक्सन चुलो बिक्री गरेको छ । २०७२ मङ्सिर २५ गते चीन सरकारले अनुदानस्वरुप दिएका ११ हजार ३०० चुलोेमध्ये एक हजार ५०० थान मात्र बिक्री भएको हो ।

    चीन सरकारले अनुदानस्वरुप दिएका चुलोमध्ये सुरुमा एक हजार ३०० थान केरुङ नाकाबाट र पछि १० हजार थान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल भित्रिएको थियो ।

    चीन सरकारले दिने अनुदानस्वरुप रु नौ करोड ५५ लाख मूल्य बराबरका इन्डक्सन चुलो नेपालमा पठाइएको थियो ।

    आपूर्ति मन्त्रालयका सहसचिव शम्भुप्रसाद घिमिरेको अध्यक्षतामा मूल्य निर्धारण गर्न बसेको बैठकले ढुवानी, पारवहन, भन्सार मिनाहासहितको शुल्क जोडेर चुलोको मूल्य रु ११ हजार ९९५ कायम गरेपछि चुलो बिक्री हुन सकेको थिएन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij