बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

रहिनन् ‘हाउ फन्नी’ निर्देशक

  • प्रकाशित मिति : शनिबार, असार १७, २०७४



  • फिल्म निर्देशक निलु डोमा शेर्पाको निधन भएको छ। बताइएअनुसार हृदयघातका कारण शनिबार बिहान उनको निधन भएको हो। पारिवारिक पक्षले उनको निधनबारे विस्तृतमा खुलाउन चाहेको छैन। उनको पार्थिव शरीर त्रिभुवन शिक्षण अस्पतालमा राखिएको छ।

    शुक्रबार मात्र उनी निशा अधिकारी र शरद भेषवाकरको बिहेमा पुगेकी थिइन्।

    उनी लामो समयदेखि मधुमेह रोगबाट ग्रस्त थिइन्। निकट स्रोतका अनुसार उनी उपचारका लागि बेला-बेला भारत जाने गर्थिन्। केही समययता उनको शरीर अस्वाभाविक रुपमा मोटाएको देखिन्थ्यो।

    निलुको डेब्यु निर्देशनमा बनेको ‘हाउ फन्नी’ गत वर्ष रिलिज भएको थियो। दयाहाङ राई, प्रियंका कार्की, निशा अधिकारी, केकी अधिकारीलगायत अभिनित फिल्मलाई माल्भिका सुब्बाले निर्माण गरेकी थिइन्। भारतको एसियन फिल्म एकेडेमीबाट फिल्म पढेर आएकी निलुका केही सर्ट फिल्म रुचाइएका छन्। जसमध्ये ‘कागज’ एक हो।

    दस वर्षदेखि फिल्मक्षेत्रमा सक्रिय निलुले पुन्टे परेड नामक फिल्ममा अभिनयसमेत गरेकी थिइन्। केही समय टेलिभिजनमा कार्यक्रमसमेत चलाउने उनी नयाँ फिल्म निर्देशन गर्ने तयारीमा थिइन्। जसको घोषणा छिट्टै हुनेवाला थियो।

    निलु खुलेर आएअनुसार नेपालको पहिलो लेस्बियन फिल्म निर्देशक हुन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij