प्रकाशित मिति : आइतवार, असार १८, २०७४
पोखरामा विगत २४ घण्टाको अवधिमा यस वर्षकै सबैभन्दा बढी वर्षा भएको छ। पोखरामा यस वर्षको मनसुन सुरुवात सँगै हिजो परेको पानी सबैभन्दा बढी १९१ मिलिमिटर हो।
जल तथा मौषम विज्ञान विभागका अनुसार आईतबार बिहानसम्मको मापनमा पोखरामा सबैभन्दा बढी वर्षा भएको पाइएको छ।
पोखरापछि दाङमा ८० मिलिमिटर तथा धनगढीमा ६५ र भैरहवामा ४३ मिलिमिटर वर्षा भएको छ। वर्षाका कारण पोखरा ठाउँ ठाउँमा क्षति पुगेको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij