प्रकाशित मिति : आइतवार, असार १८, २०७४
वर्षाका कारण पहिरो आउँदा पोखरामा दुईको मृत्यु भएको छ भने खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन्।
गएराति वर्षासँगै आएको पहिरोले पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १८ पस्याङ पाखामा तारापति अधिकारीको घर पहिरोले पुर्दा पाहुना आएका अधिकारीको सालीकी छोरा १४ वर्षिय टंक क्षेत्रीको मृत्यु भएको हो ।
राति करीब साढे २ बजेतिर आएको पहिरोले घर बगाउँदा पुरिएका उनलाई प्रहरीले उद्धार गरेर अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो। अधिकारीकी श्रीमती घाइते भएकी छन्। मृतक टंक क्षेत्री पोखरा धर्मस्थली माविमा कक्षा ८ मा पढ्थे। सोही ठाउँम माथी मेथलाङको डाडाँबाट आएको पहिरोका कारण १० घर जोखिममा परेका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij