बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

अब लाइसेन्स लिन नयाँ नियम, लिखित र ट्रायलले मात्रै नपुग्ने

  • प्रकाशित मिति : सोमवार, असार १९, २०७४



  • अब सवारी लाइसेन्स लिन लिखित र ट्रायल पास भएर मात्रै नपुग्ने भएको छ। लाइसेन्स लिनका लागि नयाँ नियम लागू गर्ने तयारी भएको छ।

    महानगरीय ट्राफिक प्रहरी महाशाखाले यातायात व्यवस्था विभागसँगको सहकार्यमा नयाँ नियम लागू गर्न लागेको हो। लिखितपछि अब ह्याण्डलिङ टेस्ट, रोड टेस्ट र ट्राफिक अवेरनेस टेस्ट हुने भएको छ। हाल लिखितपछि ट्रायलमा पास भएपछि लाइसेन्स दिने गरिएको छ।

    यदी रोड टेस्टमा फेल भएमा लिखित परीक्षा मात्रै नदिई अरु पुनः दिनुपर्ने भएको छ। केही दिनपछि नै लागू गर्नेगरी तयारी अन्तिम अवस्थामा पुगेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

    विकसित धेरै देशहरुमा यस्तै व्यवस्था रहेकाले वैज्ञानिक बनाउन नेपालमा पनि लागू गर्न लागिएको ट्राफिक प्रहरी डिआइजी मिङमार  लामाले जानकारी दिए। ‘विश्वका धेरै राष्ट्रहरुको अध्ययन गरेपछि हामीले नयाँ नियम बनाएका हौँ, यसमा सबैको साथ र सहयोग रहने हाम्रो विश्वास छ’ उनले भने।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij