बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

विषादी प्रयोग घटाउँदै इलामका कृषक

  • प्रकाशित मिति : मङ्लबार, असार २०, २०७४



  • रासायनिक विषादीले दीर्घरोग बढाउने बुझेपछि इलामका किसानले रासायनिक विषादी प्रयोगलाई क्रमशः घटाउँदै लैजान थालेका छन् ।

    रासायनिक विषादी प्रयोगकै कारण आफूले उत्पादन गरेको कृषि उपज बिक्न छोडेपछि र विषादीकै कारण सिङ्गो कृषि क्षेत्र बदनाम बन्दै गएपछि किसानले रासायनिक विषादी प्रयोग घटाउन थालेका हुन् ।

    जिल्ला समन्वय समिति इलामले जिल्लाका सबैभन्दा बढी रासायनिक विषादी प्रयोग हुने क्षेत्रको सूची तयार गरी जैविक विषादी प्रयोग गर्न किसानलाई सुझाव दिएको छ ।

    समितिको २० औं परिषद्ले रासायनिक विषादी कम गर्दै लैजाने नीति लिएको र २१ औं परिषद्ले पनि त्यसलाई निरन्तरता दिएको छ ।

    यस्तै, होटल एसोसिएसन इलामले समेत उक्त नीतिलाई सहयोग पुर्याउँदै जिल्लाका होटल व्यवसायीले किसानको अर्र्गानिक उत्पादन मात्र किन्ने निर्णय गरेपछि किसानले रासायनिक विषादी प्रयोगलाई घटाउन थालेका हुन् ।

    यस्तै, जिल्ला जनस्वास्थ्य कार्यालय इलामले जिल्लाका विभिन्न स्थानमा गरेको अध्ययनले पनि रासायनिक विषादी बढी प्रयोग हुने क्षेत्र र गाउँमा जटिल र दीर्घरोगका समस्या बढी देखिएको प्रतिवेदन सार्वजनिक गरेपछि कृषि उत्पादनमा बढी मात्रामा रासायनिक विषादी प्रयोग गरिरहेका किसान हच्किएका हुन् । कार्यालयको प्रतिवेदनले विषादी बढी प्रयोग भइरहेका ठाउँमा नै क्यान्सर, मिर्गौला, मुटुलगायतका रोगीको सङ्ख्या बढी देखिएकाले कृषि क्षेत्रमा विषादी नियन्त्रण गर्नुपर्ने सुझाव दिएको थियो ।

    इलाममा रासायनिक विषादी नियन्त्रणलाई अझ प्रभावकारी बनाउन रणनीति समेत बनाउन थालिएको छ । यहाँ रहेका चिया कारखानाले चलाएको अर्र्गानिक उत्पादन अभियान प्रभावकारी भएपछि रासायनिक विषादीको प्रयोग घटेको हो । “पहिले–पहिले नबुझेर चियाखेती र तरकारीमा विषादीको प्रयोग हुन्थ्यो तर अहिले विषादी प्रयोग शून्यमा झरेको छ,” सोयाङका कृषक दाताराम सञ्जेल भन्छन – “किसानमा बढ्दै गएको जनचेतनाका कारण विषादी प्रयोग कम भएको छ ।”

    जिल्लामा आर्थिक वर्ष २०७१÷७२ मा ९५२ लिटर झोल र ७३३ किलो धुलो विषादी प्रयोग भएको जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्क छ । आव २०७२÷७३ मा भने ९०० सात लिटर झोल र ६९७ किलो धुलो विषादी मात्र प्रयोग भएको जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक केशरबहादुर मगरातीले जानकारी दिए।

    मानव स्वास्थ्य र माटोका लागि समेत हानिकारक मानिएको रासायनिक विषादी प्रयोग घट्दै गएपछि त्यसको सट्टामा जैविक विषादीको प्रयोग हुन थालेको छ । गोदक र फिक्कलको पान्दाममा गरिएको एक परीक्षणमा मानिसको रगतमा नै रासायनिक विषादीको असर देखिएको थियो ।

    एकैचोटी रासायनिक विषादी प्रयोग निषेध गर्न समस्या भएकाले विस्तारै घटाउँदै लगेर शून्यमा झार्नुपर्ने प्राविधिक सहायक मगरातीको सुझाव छ ।
    उहाँले भन्नुभयो– “इलाममा जैविक विषादीको माग उच्च भए पनि सबै किसानले त्यो पाउनसकेका छैनन् । जिल्ला कृषि विकास कार्यालयले केही बालीको बीउका लागि मात्रै जैविक विषादी उपलब्ध गराइरहेको छ । कार्यालयले अदुवा, धान, मकैको बीउ उत्पादनका लागि मात्र जैविक विषादी दिने गरेको छ ।

    इलामलाई १५ वर्षमा विषादीमुक्त बनाउने लक्ष्य राखिएको छ । नेपालमा करिब एक हजार ४०० प्रकारका विषादी सूचीकृत छन् । त्यसमध्ये क्लोरडेन, डिडिटी, डाइअल्ड्रिन, इन्ड्रिन, अल्ड्रिन, हेप्टाक्लोर, मिरेक्स, टोकसाफेन, बिएचसी, लिन्डेन, फस्फामिडन, अर्गेनोमर्करी, मिथायल पाराथायन, मेनोक्रोटोफस र इन्डोसल्फान र फोरेटलाई भने सरकारले प्रयोग गर्न निषेध गरिसकेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij