बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

विदेशबाट फर्केका युवाले सुरु गरे माछापालन

  • प्रकाशित मिति : मङ्लबार, असार २०, २०७४



  • वैदेशिक रोजगारीका क्रममा विभिन्न देशमा बसेर फर्किएका युवाले गोरखाको देउरालीस्थित तीन किलोमा र मनकामनाको कल्लेरीमा व्यावसायिक माछापालन सुरु गरेका छन् ।

    तीन किलोमा ‘सहारा कृषक समूह’ र मनकामनामा ‘लाफा नमुना’ कृषक समूह गठन गरी युवाले माछापालन, सुँगुरपालन, केराखेती र तरकारीखेती गर्दै आएका छन् ।

    १६ जना युवक मिलेर सहारा कृषक समूहमार्फत १३ वटा पोखरीमा माछापालन गरिएको समूहका अध्यक्ष सुरज आलेले बताए। यीमध्ये आठजना वैदेशिक रोजगारीमा गएर स्वदेशमै केही व्यवसाय गर्ने अठोटका साथ फर्किएका हुन् । कमन कार्फ, सिल्भर कार्फ, बिग हेड र रघुनौनी जातका माछापालन गरिएको उपाध्यक्ष रमेश थापाले जानकारी दिाए।

    बजारमा पठाउँदा प्रतिकेजी ३ सय रुपैयाँमा पठाइे भएपनि एक÷दुई किलो बेच्दा प्रतिकेजी ४०० रुपैयाँमा बिक्री गर्ने गरेको थापाले जानकारी दिए। आँबुखैरेनी, गोरखा, मनकामना, मुग्लिन, पोखरा, चितवन जस्ता सहरमा माछा बिक्री गर्न लगिन्छ । विदेशमा दुःख गर्दा पनि सोचेजस्तो कमाइ नभएको तर कम दुःखमै स्वदेशमा मनग्य आम्दानी भएको ती युवा बताउँछन् ।

    व्यावसायिक कृषि उत्पादनमा जुटेका युवालाई जिल्ला कृषि विकास कार्यालयले पनि केही अनुदान सहयोग उपलब्ध गराएको छ । पोखरी खन्न कार्यालयबाट एक लाख ४० हजार प्राप्त भएको थापाले बताए । पोखरीको सङ्ख्या वृद्धि गरी थप माछापालन गर्ने तयारीमा उनीहरु जुटिरहेका छन् । अहिलेसम्म ३० लाख भन्दा बढी लगानी भइसकेको छ ।

    यस्तै, विदेशबाट फर्किएका युवा कल्लेरीमा पनि लाफा नमुना कृषक समूह गठन गरेर व्यावसायिक कृषि उत्पादनमा जुटेका छन् । समूहमा दश जनामध्ये आठजना साउदी, कतारलगायत देशमा काम गरेर फर्किएका युवा छन् । समूहका अध्यक्ष शिवराना मगरकाअनुसार ६ रोपनी क्षेत्रफलमा नौवटा माछापोखरी, कुखुरापालन, १० रोपनी क्षेत्रफलमा घिरौंला, करेलालगायतका मौसमी÷बेमौसमी तरकारीखेती र सात रोपनीमा केराखेती गरिएको छ ।

    अर्का कृषक झक्कल थापाका अनुसार स्थानीय जातका सुँगुरपालन पनि सुरु गरिएको छ । यस्तै, तरकारीखेती र माछापालन वृद्धि गर्ने तयारी पनि गरिएको छ । उनीहरुमा धनबहादुर थापा र कुलबहादुर थापाले क्रमशः तरकारी खेतीको रेखदेख र कुखुरापालन व्यवसाय हेर्दैआएका छन् । समूहका सदस्यलाई एक÷ एकवटा कामको जिम्मेवारी तोकिएको छ । बजार प्रवद्र्धन गर्ने र हरहिसाब दुरुस्तै राख्ने काम समूहकै सदस्यले गर्छन् ।

    ३७ रोपनी जग्गा भाडामा लिएर युवाले एकवर्ष अघिदेखि कृषि व्यवसाय गर्दैआएका हुन् ।

    तरकारीखेती सिँचाइका लागि सौर्य ऊर्जाबाट चल्ने पानी तान्ने मेसिन राखिएको छ । यसका लागि थोपा सिँचाइ कार्यक्रम मार्फत ३० हजार र माछापोखरी निर्माणका लागि ५० हजार अनुदान कार्यालयबाट उपलब्ध गराएको वरिष्ठ कृषि विकास अधिकृत यामकुमार श्रेष्ठले जानकारी दिए।

    यसवर्ष ६० वटा पोखरी निर्माण गर्न कार्यालयले अनुदान दिएको थियो । बजारमा माछाको माग बढ्दै गएपछि कृषक व्यवसायिक माछापालनमा जुटेका हुन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij