प्रकाशित मिति : शनिबार, असार २४, २०७४
काठमाडौंको सुन्दरीजलमा असार ३ गते गाई फार्मममा लागेको आगोमा परी घाइते भएका गाईलाई बेलायती संस्था वर्ल्ड वाइड भेटेरिनरी सर्भिसले (डब्लूभीएस) स्नेहा केयरसँग समन्वय गरी औषधोपचार गरेको छ ।
१२२ वटा गाई भएका उक्त गाई फार्ममा १५ वटा गाईमात्र बाँच्न सफल भए । बचेका ती गाइलाई स्नेहा केयरको समूह र भेटेरिनरीले उपचार गरेका छन् ।
डब्लूभीएसले पोलेको घाउको उपचारमा प्रयोग हुने फ्लामाजाइन क्रिम पार्सल गरी पठाएको जानकारी दिएको छ । डब्लूभीएसले संसारभरी आपतकालीन अवस्थामा भेटेरिनरी पार्सल पठाउने गरेको बताएको छ ।
उक्त बेलायती संस्थाले नेपालको महाभूकम्पका बेला दुर्घटनामा परेका जनावरको उपचार र उद्दारका लागि आफ्नो समूह नेपालमा पठाएको र नेपालका भेटेनरीहरुलाई आफ्नो अन्तर्राष्ट्रिय तालिम प्रदान गरेको जानकारी दिएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij