बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

पहिराका कारण घर जोखिममा

  • प्रकाशित मिति : आइतवार, असार २५, २०७४



  • लमजुङ  । सदरमुकाम बेँसीसहरमा पहिराका कारण तीन घर जोखिममा परेका छन् ।
    बँेसीसहर मजुवाखोलादेखि तल्लो सेरातर्फ जाने सडकमाथिको भाग भासिँदा तीन घर जोखिममा परेका हुन् । बेँसीसहर– ८ सेराका देवीलाल श्रेष्ठको पक्की ढलान घर, मैयाँ दुलाल र शोभा सुनारको घर जोखिममा परेको हो । सडक निर्माणका क्रममा ग्याबिन वा पर्खाल लगाउनुपर्ने भए पनि अहिलेसम्म नलगाउँदा त्यहाँका घर जोखिममा परेका हुन् ।
    पहिराले घर जोखिममा परेको जानकारी पाएलगत्तै प्रजिअ, स्थानीय विकास अधिकारी र प्रहरी नायब उपरीक्षकको टोलीले स्थलगत अनुगमन गरेको थियो । जोखिममा रहेका घरलाई सुरक्षित गर्न पहिरो गएका ठाउँमा पर्खाल लगाउन निर्देशन दिइने प्रजिअ युवराज मैनालीले बताउनुभयो ।
    १० झोलुङे पुल थप

    चालु आवमा मात्रै १० झोलुङ्गे पुल थपिएका छन् । पुल थपिएसँगै जिल्लामा झोलुङ्गे पुलको सङ्ख्या एक सय ९२ पुगेको जिल्ला प्राविधिक कार्यालयले जनाएको छ । कार्यालयका अनुसार चालु आवमा झन्डै रु तीन करोडभन्दा बढी रकम झोलुङ्गे पुल निर्माणको लागि खर्च गरिएको छ ।

    प्राविधिक कार्यालयका इ श्रीप्रसाद गुरुङका अनुसार चालु आवमा १० झोलुङ्गे पुल निमार्णका लागि रु दुई करोड ९६ लाख ४२ हजार ७८८ खर्च भएको छ ।

    चालु आवमा चिली खोला भलायखर्क– ९, दोर्दी खोला चिती –३, तारबाली खोला घेर्मु –३, किरिञ्चे खोला चन्द्रेश्वर –३, राम्चे खोला नाल्मा, खन्ग्रेखोला राइनास –११, रुदी खोला मिजुरे लमजुङ÷कास्की, पैयुँ खोला घनपोखरा– ७ र चेपे खोला इलमपोखरी–५ लगायत स्थानमा झोलुङ्गे पुल निर्माण गरिएको हो ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij