मङ्लबार, कार्तिक १८, २०८३ | Tuesday 3rd November 2026

वर्षाका कारण जयपृथ्वी राजमार्ग अवरुद्ध

  • प्रकाशित मिति : मङ्लबार, असार २७, २०७४



  • लगातारको वर्षाका कारण बैतडीको खोड्पेदेखि बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

    खोड्पे – मोतीनगर सडकखण्डअन्तर्गत पाटन नगरपालिका– ८ झौलेक नजिक आज बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए । पहिराले सडक अवरुद्ध हुँदा बझाङबाट काठमाडौँ, कञ्चनपुर, कैलाली र बैतडीका लागि छुटेका सवारी साधन बन्द भएका छन् ।

    सडक अवरुद्ध भएपछि बझाङका लागि छुटेका गाडी तथा यात्रु पनि बीच बाटामै अलपत्र परेका छन् । अवरुद्घ सडक खुलाउन प्रयास भइरहे पनि ठूलो पहिरो भएकाले पन्छाउन समस्या भइरहेको प्रहरीले जनाएको छ ।

    सडक डिभिजन कार्यालय पाटनबाट पहिरो पन्छाउने काम भइरहेकाले साँझसम्म सडक पुनः सञ्चालन हुन सक्ने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । जयपृथ्वी राजमार्गअन्तर्गत बझाङको तमैल बजार नजिक जाल्याबगरमा पहिरो जाँदा त्यहाँ पनि सडक अवरुद्ध भएको बताइएको छ ।

    यसैबीच बैतडी, देहिमाण्डौँदेखि गिरेगडा सडक पनि अवरुद्ध भएको छ । उक्त सडक फराकिलो गर्ने काम भइरहेकाले अवरुद्ध भएको से १ ज १३२ जिपका चालक शिवराज जोशीले जानकारी दिए। उक्त सडकको ढकासदेखि सैनीखानसम्म फराकिलो पार्ने काम भइरहेको छ ।

    उक्त सडक हिलाम्ये हुँदा पैदल यात्रुलाई हिँड्न समस्या भएको स्थानीयवासी प्रकाश जोशीले जानकारी दिए । बैतडीका अन्य गामीण कच्ची सडक पनि अवरुद्घ भएका छन् ।

    विद्यार्थीलाई समस्या ः

    डिलाशैनीमा पहिराबाट बाटो अवरुद्ध हुँदा विद्यार्थीलाई समस्या भएको छ। डिलाशैनी गाउँपालिका– १ कोटपेटराको जुकानी भन्ने ठाउँमा पहिरो जाँदा विद्यार्थीलाई समस्या भएको स्थानीयवासी रवीन्द्र धामीले जानकारी दिए। बाटो अवरुद्ध भएपछि मण्डेश्वरी माविका विद्यार्थीलाई विद्यालय जान समस्या भएको छ । विद्यार्थीको त्रैमासिक परीक्षा चलिरहेको र बाटो अवरुद्ध हुँदा तिनले परीक्षा दिन समेत नपाएको उनले बताए।

    जुकानीमा पुरानो ठूलो पहिरो रहेकाले हालको लगातारको झरीका कारण पुनः खस्न थालेको हो । पहिराका कारण डिलाशैनी – १ का दुनी, पारिखेत, लेक, सिराड र ननरगाड तथा वडा नं २ पन्तौडाका बासिन्दालाई आवतजावत गर्न समेत समस्या भएको बताइएको छ । यस्तै लगातारको वर्षाका कारण सुर्नया गाउँपालिका– ७ का किसानले लगाएको मकैबाली ढलेर नष्ट भएको स्थानीयवासी राकेश मडैले जानकारी दिए।

    विद्युत् सेवा अवरुद्धः
    वर्षाका कारण बैतडीमा तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । आइतबारदेखि अवरुद्ध भएको विद्युत् सेवा तीन दिनसम्म पनि संचालन नहुँदा समस्या भएको छ । तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध हुँदा मोबाइल चार्ज गर्न समेत समस्या भएको दशरथचन्द नगरपालिका– १ गुरुखोलाका मिलन टेरले जानकारी दिए।
    विद्युत् सेवा अवरुद्ध भएपछि बढीजसो सञ्चारमाध्यमलाई समस्या भएको छ । नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख राजेन्द्रलाल देवले कैलालीको फल्टुडेमा ६६ केभी प्रसारण लाइनमा क्षति भएकाले विद्युत् पुनःसञ्चालन गर्न प्रयास भइरहेको बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij