मङ्लबार, कार्तिक १८, २०८३ | Tuesday 3rd November 2026

व्यवसायीलाई बजार विश्लेषण तालीम

  • प्रकाशित मिति : मङ्लबार, असार २७, २०७४



  • आयात निर्यात प्रक्रिया तथा प्रशासनिक ज्ञानको अभावमा नेपाली उद्योग, व्यापार, व्यवसाय सङ्कुचित हुँदै गइरहेकोमा उद्योगी व्यवसायीले जोड दिएका छन् ।

    विश्व बजारमा आयात निर्यात गर्दा पाउने छुट सुविधाबारे जानकारी गराउने उद्देश्यले आयोजित “प्रशासनिक प्रक्रिया तथा बजार विश्लेषण” बिषयक तालीमको समापनका अवसरमा उनीहरुले सो कुरामा जोड दिएका छन् ।

    सो अवसरमा सङ्घका पूर्वअध्यक्ष प्रदीपकुमार केडियाले तालीमले आयात निर्यात प्रवद्र्धनका क्षेत्रमा थप सहयोग पु¥याउने विश्वास व्यक्त गरे।

    व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका निर्देशक सुरेन्द्रनाथ गंगोलले तालीमबाट प्राप्त ज्ञानको आधारमा आफ्नो उत्पादन प्रतिस्पर्धी मूल्यमा बेच्न र सस्तो एवम् कम लागतमा गुणस्तरीय वस्तु आयात गर्न बजार विश्लेषण गर्न सजिलो हुने बताए।

    प्रशिक्षार्थीकातर्फबाट पन्नालाल साह र प्रेमसागर पण्डितले तालीमबाट सिकेका कुराले आ–आफ्ना व्यापार, व्यवसाय प्रबद्र्धनमा थप सहयोग पुग्ने धारणा व्यक्त गरे।

    कार्यक्रममा तालीमका सहभागीलाई प्रमाण पत्र पनि प्रदान गरिएको छ ।

    व्यापार तथा निकासी प्रवद्र्धन केन्द काठमाडौँ र वीरगञ्ज उद्योग वाणिज्य सङ्घद्वारा संयुक्त रुपमा आयोजित उक्त तीन दिने तालीममा बारा र पर्सा जिल्लाका उद्योगी, व्यवसायी, आयात–निर्यातकर्ता गरी २५ जनाको सहभागिता थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij