आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

टोकाईबाट ६ जना घाइते, रौतहटमा रोकिएन स्यालको आतंक

  • प्रकाशित मिति : बुधबार, असार २८, २०७४



  •  रौतहट । बौलाहा स्यालको टोकाईबाट रौतहटस्थित एकजनाको मृत्युु र दर्जनौ गम्भिर घाइते भएको घटना नसेलाउदै बुधबार फेरी स्यालको टोकाईबाट आधादर्जन मानिस घाईते भएका छन् ।

    रौतहटको कटहरिया गाँउपालिकामा बिहान पाँच बजे सौच गर्न घरबाहिर खेतमा गएका चारमहिला सहित ६ जनालाई बहुुलाहा स्यालले टोकेर घाईते बनाएको हो ।
    स्यालको टोकाइबाट सौच गर्न गएका कटहरियाका ३६ बािर्षया प्रभुु दाश, २८ बािर्षया सविता देखि, सियाराम महतो, सुनैना देखि घाइते भएका हुन् । स्यालले दाशको दाहिने खुुटटा,सबिताको तिघ्रा,सुुनैनाको बाँया खुटटामा टोकेर घाईते बनाएको ईलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ ।

    त्यसैगरी स्यालको टोकाइबाट ७५ बर्षिया ब्रहमदेव यादवको मलद्धार, रेखा देवीको दाहिने खुट्टा र कबुतरी देखीको बाँया खुुटटामा टोकेर घाईते बनाएको प्रहरीले जनाएको छ ।

    घाईतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र कटहरियामा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका निमित प्रमुुख डिएसपी नविनकृष्ण भण्डारीले बताएका छन् ।
    रौतहटका प्रमुख जिल्ला अधिकारी उद्धव बहादुुर थापाले घाईतेहरुलाई जिल्ला अस्पताल गौर मार्फत निशुुल्क एन्टीरेविज सुुई र समुुचित उपचारको ब्यवस्था गराउने प्रतिवद्धता जनाएका छन् ।

    पछिल्लो केही बर्षयता कटहरिया क्षेत्रमा उँखुुखेती बढेपछि स्याल आतंक बढेको स्थानीयले बताएका छन् । केही महिना अघिमात्र स्यालको आक्रमण बाट गरुडा नगरपालिकामा स्थानीय शिक्षक बसन्त यादवको मृृत्युु भएको थियो भने दर्जनौ घाईते भएका थिए ।

    पटक पटक स्यालको आक्रमणबाट दर्जजौ मानिस शिकार भएपनि सरकारले स्याल नियन्त्रणको लागि कुुनै पहल नगरेको स्थानीयले गुुनासो गरेका छन ।

    स्यालले मानिसमाथि आक्रमण गर्नुुकासाथै खसी,बाख्रा तथा किसानले लगाएको मकै बालीमा समेत क्षति गर्दैआएको कटहरिया गाविसका पुुर्व अध्यक्ष जादोलाल महतोले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij